१२ माघ, देवघाट
सहिद सप्ताहको अवसरमा देवघाट गाउँपालिकाको आयोजनामा सोमबार विद्यालय स्तरीय विभिन्न प्रतियोगिताहरु आयोजना गरियो । गाउँपालिकाको आयोजना तथा शिक्षा शाखाको समन्वयमा कक्षा ९ देखी १२ सम्मका विद्यार्थीहरु विच अंग्रेजीमा निबन्ध लेखन प्रतियोगिता, आधारभुत तहका विद्यालय विच हाजिरि जवाफ प्रतियोगिता र बालविकासका विद्यार्थीहरु विच क्षमता प्रस्फुटन प्रतियोगिता आयोजना गरिएको थियो ।

बालविकास केन्द्र स्तरीय क्षमता प्रस्फुटन प्रतियोगितामा सिद्ध महाकाली माविकी रिसीका थापा प्रथम, चक्रवर्ती प्राविका कुमार तामाङ द्वित्तिय, सिद्ध महाकाली माविकी दिब्या मगर तृतीय र कालिका प्राविका रोगन गुरुङ सान्त्वना भएका थिए । प्रतियोगितामा ८ वटा विद्यालयका १६ जना बालबालिकाका सहभागिता रहेको थियो ।




त्यस्तै आधारभुत तह स्तरीय हाजिरि जवाफ प्रतियोगितामा आदर्श मावि प्रथम, परमानन्द संस्कृत गुरुकुलम द्वित्तिय, सर्वाेदय मावि तृतिय र कालिगंगा मावि सन्त्वना भएका थिए । सो प्रतियोगितामा १३ वटा विद्यालयको सहभागिता रहेको थियो ।

यस्तै कक्षा ९ देखी १२ सम्मको अंग्रेजीमा निबन्ध लेखन प्रतियोगितामा कालिका माविकी मुनीका गुरुङ प्रथम, पार्वती माविका बलराम मगर द्वित्तिय र महेश संस्कृत गुरुकुलमका रोचन रिमाल तृतिय भएका थिए । सो प्रतियोगितामा १२ जना विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा उत्कृष्ट हुनेहरुलाई सहिद दिवसको दिन माघ १६ गते आयोजित कार्यक्रममा पुरस्कृत गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी सापकोटाले जानकारी दिए ।

सहिद सप्ताहको कार्यक्रम अन्तर्गत चौथो दिन मंगलबार युवा तथा खेलकुँद समिति र सामुदायीक वनहरुको समन्वयमा अन्तर सामुदायीक वन फुटवल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ ।












