सहिद सप्ताहको अवसरमा सामुदायीक वन स्तरीय फुटवल प्रतियोगिता सुरु

Devghat Online

शेयर गरौ

१३ माघ, देवघाट
सहिद सप्ताहको अवसरमा देवघाट गाउँपालिकाको आयोजनामा तथा देवघाट गाउँपालिका स्तरीय युवा तथा खेलकुँद समितिको समन्वयमा मंगलबारबाट सामुदायीक वन स्तरीय फुटवल प्रतियोगिता सुरु भएको छ ।

आयोजक सहित ११ टिमको सहभागिता रहेको सो प्रतियोगिताको उद्घाटन खेल कोटथाम सामुदायीक वन उपभोक्ता समुह र मधु सामुदायीक वन उपभोक्ता समुह विच भएको थियो । सो खेलमा कोटथाम सामुदायीक वन उपभोक्ता समुह विजयी भएको थियो ।

देवघाट युवा तथा खेलकुँद विकास समितिका अध्यक्ष शुकबहादुर गुरुङको अध्यक्षतामा आयोजित खेल उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष यालबहादुर गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गाउँ कमिटिका अध्यक्ष भुवनसिंह गुरुङ, नेपाली काँग्रेसका सचिव कृष्ण न्यौपाने, देवघाट क्षेत्र विकास समितिका निवर्तमान अध्यक्ष शिवराज पौडेल, सहिद परिवारका तर्फबाट रामबहादुर भट्ट, किरण सुवेदी, सामुदायीक वन उपभोक्ता महासंघ गन्डकी प्रदेशका सदस्य केशवचन्द्र न्यौपाने, देवघाट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उमानाथ ढकाल लगायतले मन्तव्य राखेका थिए । उक्त प्रतियोगिता माघ १५ गते सम्म आयोजना हुने छ ।

सहिद सप्ताहको कार्यक्रम अन्तर्गत पाँचौ दिन बुधबार स्वास्थ्य शाखाको आयोजनामा निशुल्क सुगर जाँच तथा संस्कृत विद्यालय र आश्रमको तर्फबाट सांस्कृतिक कार्यक्रम र धार्मिक प्रवचन गरिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको