देवघाटमा कर्भड हल बन्ने

Devghat Online

शेयर गरौ

२९ माघ, देवघाट

देवघाट गाउँपालिकामा कभर्ड हल बन्ने भएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा देवघाट युवा तथा खेलकुँद विकास समितिले सो कभर्ड हल निर्माण गर्न लागेको हो ।
कभर्ड हलको विहिबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले शिलान्यास गरे । सो अवसरमा बोल्दै अध्यक्ष तिमिल्सेनाले खेलकुँदले नागरिकलाई स्वस्थ र अनुशासित बनाउन सहयोग गर्ने बताए । नेपालमा खेलकुँदको क्षेत्रमा धेरै सम्भावना भएपनि राष्ट्रको लगानी र पारिवारिक वातावरण समेत नहुँदा यो क्षेत्र पछाडी परेको अध्यक्ष तिमिल्सेनाको भनाई थियो ।
कभर्ड हल ५० लाख रुपैयाँको लागतमा बन्ने र त्यसकोलागि स्थानीय खेलप्रेमी समाजसेवी चन्द्रप्रकाश दुवाडीले १ रोपनी जग्गा निशुल्क उपलब्ध गराएका छन् । कभर्डहल निर्माणकोलागि देवघाट गाउँपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ विनियोजन गरेको देवघाट युवा तथा खेलकुँद विकास समितिका अध्यक्ष शुकु गुरुङले जानकारी दिए । कभर्ड हल निर्माण पछि ब्याडमिन्टन, भलीवल लगायत इन्डोर खेल सन्चालन गर्न सहज हुने अध्यक्ष गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको