महिला सहकारीलाई सहयोग गर्ने श्रेष्ठको प्रतिबद्धता

Devghat Online

शेयर गरौ

१० फागुन, देवघाट
प्रतिनिधि सभाका निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ किसानले देवघाट गाउँपालिका वडा नम्बर ५ का महिलाहरुले सन्चालन गरेको चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थालाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोमबार सहकारी संस्थाको अनुगमन गर्दै श्रेष्ठले महिलाहरुले नै सहकारी मार्फत विभिन्न कार्यक्रम सन्चालन गरि आत्मनिर्भर बन्न गरेको प्रयास सकारात्मक भन्दै श्रेष्ठले सहकारीको संस्थागत तथा भौतिक विकासकोलागि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । सो अवसरमा श्रेष्ठले धर्मपत्नी अन्जु गोशेलीको नाउँमा सो सहकारी संस्थाको एकलाख रुपैयाँ बराबरको शेयर खरिद समेत गरेका थिए ।

सो अवसरमा सहकारी संस्थाकी अध्यक्ष तारादेवी पन्त, शेयर सदस्य सावित्री न्यौपाने र व्यवस्थापक संगिता ओझाले सहकारीको अवस्थाको बारेमा जानकारी गराएका थिए । २०६८ सालमा २५ जनाबाट सन्चालन गरेको सो सहकारी संस्थामा हाल ५६३ जना शेयर सदस्यहरु रहेको र संस्थामा आवद्ध महिलाहरुले गाई तथा भैसी पालन गरि दैनिक १२ सय लिटर दुध संकलन गरि डेरी समेत सन्चालन गरेको व्यवस्थापक ओझाले जानकारी दिई्न ।

सो डेरीबाट घ्यु, खुवा, पनिर र कुल्फी जस्ता दुग्धजन्य परिकार उत्पादन गरिएको व्यवस्थापक ओझाले जानकारी दिईन् । तर दुध र दुग्धजन्य पदार्थको बजारीकरणमा भने समस्या भईरहेको उनको भनाई थियो । निवर्तमान सांसद श्रेष्ठ समक्ष सहकारीका पदाधिकारीले संस्थाको भवन निर्माणमा सहयोग गर्न अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी