नेकपा देवघाटको बैठक सम्पन्न

Devghat Online

शेयर गरौ

लोभी पापी नेताहरुले पार्टी छाडेपछि बल्ल सुधार भयोः केन्द्रीय सदस्य श्रेष्ठ
१० फागुन, देवघाट
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) देवघाट गाउँ पालिका कमिटिको बैठक सोमबार देवघाटमा सम्पन्न भयो । सो बैठकलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ किसानले लोभी पापी नेताहरुले पार्टी छाडेर हिडेपछि बल्ल नेकपामा सुधार आएको बताए ।
नेताहरुले पहिला केपी शर्मा ओलीलाई प्रधानमन्त्री नै बन्न दिन नखोजेको, प्रधानमन्त्री बनेपछि विभिन्न बाधा र व्यवधान खडा गरेर असफल बनाउन खोजेको र अन्तिममा आएर आफ्नै पार्टीको सरकार ढाल्न अविश्वासको प्रस्ताव पेश गरेको श्रेष्ठले आरोप लगाए । सुकुम्बासी समस्या समाधान गर्न आयोज गठनमा अवरोध गरेको, संबैधानिक निकायका पदाधिकारी नियुक्त गर्न अवरोध गरेको र मन्त्रीपरिषदको पुर्नगठनमा समेत अवरोध गर्दै सरकारलाई अस्थिर बनाउन खोजेको श्रेष्ठले बताए ।


देवघाटको बर्षाैदेखीको समस्याको रुमपा रहेको अव्यवस्थित जग्गा सम्बन्धी समस्या अव चाँडै नै समाधान हुने केन्द्रीय सदस्य श्रेष्ठले दावी गरे । देवघाटलाई धार्मिक शहरको रुपमा विकसित गर्न आफुले शहरी विकास मन्त्री प्रभु शाह समक्ष प्रस्ताव राखेको भन्दै श्रेष्ठले मन्त्री शाहले त्यसमा सहमती जनाएको जानकारी दिए ।
नेकपा गाउँ कमिटिका सचिव केशवचन्द्र न्यौपानेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेकपा जिल्ला सदस्य बाबुराम अधिकारी, देवघाट क्षेत्र विकास समितिका निवर्तमान अध्यक्ष शिवराज पौडेल, देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष यालबहादुर गुरुङ, वडा नम्बर २ का सचिव खड्क आले मगर लगायले मन्तव्य राखेका थिए । सो कार्यक्रमको सन्चालन भोजराज नैनावस्तीले गरेका थिए ।


सो कार्यक्रममा आगामी फागुन १५ गते पोखरामा आयोजना हुने गन्डकी प्रदेश स्तरीय जनसभालाई सफल पार्न देवघाटमा व्यापक प्रचार प्रसार गर्ने र धेरै भन्दा धेरै कार्यकर्ता र सुभेच्छुक परिचालन गर्ने निर्णय गरेको सचिव न्यौपानेले गरेका थिए । सो कार्यक्रममा जनसभा सफल पार्न १८ सदस्सीय समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले