देवघाटमा १२ जना संक्रमित थपिए

Devghat Online

शेयर गरौ

३१ बैशाख, देवघाट
देवघाट गाउँपालिकामा १२ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार प्राप्त रिर्पाेटमा ५ महिला ७ पुरुष गरि १० जना संक्रमित थपिएको देवघाट गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख प्रदिप बुढाथोकीले बताए ।

केही दिन अघि ४७ जनाको स्वाव संकलन गरि परिक्षणकोलागि पोखरा पठाईएको थियो । परिक्षणमा यस अघि संक्रमित भएका १ जनाको पनि रिर्पाेट पुनः पोजेटिभ आएको बुढाथोकीले बताए ।
संक्रमित मध्ये वडा नम्बर ५ का १० जना, वडा नम्बर १ र २ का एक÷एक जना रहेका छन् । उनीहरु सबै होम आईसोलेसनमा रहेको बुढाथोकीले बताए ।

कोभिडको जोखिमबाट बचाउन देवघाट प्रवेश गर्ने नाकाहरुमा हेल्पडेक्स राखी कडाई गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अनलाइन मिडिया र सामाजिक सञ्जालमा भ्रामक र तथ्यहित सामाग्री नराख्न सरकारको चेतावनी

काठमाडौं । बैशाख ९ सरकारले अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा अपुष्ट, भ्रामक र तथ्यहीन सामग्री