तनहूँँमा जेठ १५ सम्म निषेधाज्ञा

Devghat Online

शेयर गरौ

३१ बैशाख, दमौली
कोरोना भाईरसको संक्रमितको संख्या बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय तनहूँले जारी गरेको निषेधाज्ञा जेठ १५ गतेसम्म थप भएको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले शुक्रबार सुचना प्रकाशन गरि जेठ १५ गते राती १२ बजेसम्म निषेधाज्ञा लगाएको जनाएका छन् ।

नेपाल सरकार संघीय मन्त्रीपरिषदको बैशाख ६ गतेको निर्णय र जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्रको बैशाख २१ गतेको निर्णय अनुसार संक्रामक रोग ऐन, २०२० को दफा २, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) ले दिएको अधिकार प्रयोग गरि जिल्लाभर निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारीद्वारा जारी गरिएको सुचनामा उल्लेख छ ।

उक्त निषेधाज्ञाको आदेश उल्लंघन गरेमा संक्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही हुने सुचनामा उल्लेख छ । निषेधाज्ञाको अवधीमा अत्यावश्यक सेवाहरु जस्तैः एम्बुलेन्स, ग्याँस, पेट्रोलियम पदार्थ, खानेपानी, औषधी तथा उपचार सामाग्रीहरु, स्वास्थ्य संस्था, अस्पताल, दुरसन्चार, इन्टरनेट, फोहोर मैला व्यवस्थापन, बैंकको एटिएम सेवा, डाँक सेवा र सार्वजानिक निर्माण सम्बन्धी सेवाहरु स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरेर मात्र सन्चालन गर्न पाईने छ । त्यस्तै खाद्यान्न, तरकारी, फलफुल, दुग्धजन्य पदार्थको उत्पादन र विक्री वितरण कार्य विहान ५ देखी ९ बजेसम्म र साँझ ५ देखी ७ बजेसम्म मात्र सन्चालन गर्न पाईने छ ।

त्यस्तै निर्माण सामाग्री पसल र सार्वजानिक निर्माणका लागि ढुवानी गर्ने साधन विहान ११ देखी दिउँसो ४ बजेसम्म मात्र सन्चालन गर्न पाईने छ । त्यसबाहेक अत्यावश्यक कामको लागि अस्पताल जाने, आउने, मृत्यु संस्कारमा अनिवार्य सहभागी हुनु पर्नेहरुले जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिनु पर्ने र सन्चारकर्मीहरुले सुचना विभाग वा सम्बद्ध सन्चार माध्यमले जारी गरेको परिचय पत्रको आधारमा सवारी साधन सन्चालन गर्न पाउने भएका छन् ।

निषेधाज्ञाको समयमा सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, नाच घर, क्लव, हेल्थ क्लव, जिम खाना, स्विमिङ पुल, फुटसल, सभा, आमसभा, जुलुस, हाटबजार, रंगशालामा दर्शक सहितको खेल, तालिम, सेमिनार, गोष्ठि, भौतिक उपस्थिती सहितको शिक्षण सिकाई तथा मानिसहरुको भिड हुने कुनै पनि कार्य गर्न रोक लगाईएको छ । मठ, मन्दिर, मस्जिद, गुम्बा र चर्च लगायत धार्मिक स्थलमा जमघट नगरि जनस्वास्थ्यका निर्धारित सबै मापदण्ड पालना गरि नित्य पुजा, ध्यान र प्रार्थना मात्र गराउन पाईने छ । विवहा, ब्रतबन्ध जस्ता धार्मिक कार्य गर्नु परेमा १५ जना भन्दा बढि भेला हुन नपाईने र सबैले जनस्वास्थ्यका निर्धारित सबै मापदण्ड पुरा गर्नु पर्ने तथा त्यस्ता कार्यक्रम गर्नु परेमा स्थानीय प्रशासनको अनिवार्य स्विकृति लिनु पर्ने छ ।

निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवा सन्चालन गर्ने बाहेकका कार्यालयहरुले सेवा प्रवहा बन्द गरि आन्तरिक कार्य मात्र गराउने, जिल्ला भित्र र बाहिर सन्चालन हुने नीजि तथा सार्वजानिक सवारी साधनहरु सवारी पास बिना सन्चालन गर्न नपाईने, बैंक तथा वित्तिय संस्थाका सेवाहरु जनस्वास्थ्यका सबै मापदण्ड पालना गरि न्यनुतम कर्मचारीको उपस्थितीमा मात्र सन्चालन गर्न पाईने, सार्वजानिक निर्माण कार्यमा खटिने जनशक्तिलाई निर्माण स्थलमा नै खाने बस्ने प्रबन्ध गर्नु पर्ने र भारत लगायत तेश्रो मुलुकबाट आउनेहरु अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नु पर्ने भएको निषेधाज्ञाको सुचनामा उल्लेख छ । त्यस्तै निषेधाज्ञाको समयमा विहान र बेलुकी हिडडुल गर्न समेत रोक लगाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अनलाइन मिडिया र सामाजिक सञ्जालमा भ्रामक र तथ्यहित सामाग्री नराख्न सरकारको चेतावनी

काठमाडौं । बैशाख ९ सरकारले अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा अपुष्ट, भ्रामक र तथ्यहीन सामग्री