तनहूँका थप तिन जनाको मृत्यु

Devghat Online

शेयर गरौ

३१ बैशाख, दमौली
कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा तनहूँका तिन जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देषनालय पोखराले सार्वजानिक गरेको विवरण अनुसार भिमादकी महिला शुक्लागन्डकी र म्याग्देका एक÷एक जना पुरुषको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

भिमाद नपा –६ की ४४ वर्षीया महिलाको शुक्रबार गन्डकी मेडिकल कलेज पोखरामा मत्यु भएको छ । उनमा बैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै शुक्लागन्डकी नपा–६ का ४८ बर्षीय पुरुषको विहिबार गन्डकी मेडिकल कलेजमा मृत्यु भएको थियो । उनमा बैशाख ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै म्याग्दे गाउँपालिका–३ का ५१ वर्षीय पुरुषको विहिबार गन्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको थियो । उनमा बैशाख २० गते कोरोना पुष्टि भएको थियो ।

यसैगरि पछिल्लो २४ घन्टामा तनहूँमा २७ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा १२ महिला र १५ पुरुष छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले