देवघाटमा एक कोरोना संक्रमितको मृत्यु

Devghat Online

शेयर गरौ

३ जेठ, देवघाट
देवघाट गाउँपालिकामा एक कोरोना संक्रमितको मृत्यु भएको छ । वडा नम्बर ५ गोहीटारकी ६८ बर्षीया महिलाको आईतबार राती मृत्यु भएको थियो । उनको पिसिआर परिक्षणकोलागि शनिबार स्वाव संकलन गरिएको थियो । सोमबार विहान आएको रिर्पाेटमा कोरोना पोजेटिभ पुष्टि भएको देवघाट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदिप बुढाथोकीले बताए ।

उनमा कोरोनाको सामान्य लक्षण देखिएको थियो । पिसिआर परिक्षण गरेर उनी धर्मार्थ अस्पतालबाट केही औषधी लगेर घरमै बसेकी थिईन् । आईतबार अस्पताल लैजान नपाउँदै उनको मृत्यु भएको थियो ।

उनको शव सोमबार व्यवस्थापन गरिएको छ । नेपाली सेना र उनको परिवारका सदस्यले शव व्यवस्थापन गरेका थिए । कोरोना संक्रमित भएपनि देवघाट गाउँपालिकाम संक्रमितको मृत्यु भएको यो पहिलो घटना भएको स्वास्थ्य शाखा प्रमुख बुढाथोकीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अनलाइन मिडिया र सामाजिक सञ्जालमा भ्रामक र तथ्यहित सामाग्री नराख्न सरकारको चेतावनी

काठमाडौं । बैशाख ९ सरकारले अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा अपुष्ट, भ्रामक र तथ्यहीन सामग्री