देवघाटका भोका बादरलाई भोजन

Devghat Online

शेयर गरौ

१५ जेठ, देवघाट
देवघाटधाम क्षेत्रका रहेका भोका बाँदरलाई भोजन गराईएको छ । लामो समयदेखीको निषेधाज्ञाको कारण देवघाटमा कुनै पनि भक्तजन नआएको बाँदरहरुले पनि केही खान नपाएको हुँदा ब्लड डोनर्स सोसाईटीले बादरलाई फलफुल खुवाएको हो ।

धार्मिक पर्यटकीय क्षेत्र भित्र पर्ने देवघाटमा सयौं बाँदरहरु रहेका छन् । ति बाँदरहरुले यहाँ आउने भक्तजनले दिने खानेकुरा पाउने गर्दथे । तर कोभिड महामारीको दोश्रो लहरसँगै जिल्ला प्रशासन कार्यालय तनहँुले निषेधाज्ञा लगाएपछि देवघाटमा बाहिरबाट भक्तजन आउन रोक लगाईएको छ । त्यसको प्रतक्ष्य असर यहाँका बादरमा परेका छन् ।

लामो समयदेखी खानेकुरा नपाउँदा बाँदरले सर्वसाधरणको अन्नबाली तथा फलफुल खाने तथा बृद्धबृद्धाको आश्रम भित्र पसी पकाएको खानेकुरा नै लिएर जाने जस्तो क्रियाकलाप गर्न थालेका थिए । लामो समयदेखी बाँदर भोकै परेको कारणले त्यसले मानिस माथी नै आक्रमण गर्न थाल्ने अवस्था आउन थालेपछि ब्लड डोनर्स सोसाईटीले शनिबार देवघाटका बाँदरलाई फुलफुल खुवाएको हो ।

सोसाइटीका अध्यक्ष तथा कार्यक्रम संयोजक अर्जुन अधिकारीले कोरोना भाईरस महामारीको कारण भएको निषेधाज्ञाको असर मान्छेमा मात्र नभएर पशुपन्छीमा पनि परेको हुँदा आफ्नो संस्थाले बाँदरलाई भोजन गराएको बताए । सोसाईटीले देवघाटको गलेश्वर चोक, देवघाट शिवालय मन्दिर आसपासमा रहेको भोका बाँदरहरुलाई फलफुल खुवाएको अधिकारीले बताए ।

देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले कोरोना भाइरसको प्रभाव जनसमुदाय मात्र नभई बाँदरहरुमा पनि देखिएको बताए । पहिला दैनिक मठ, मन्दिरहरुमा पुजा, पाठ गर्न आउने तिर्थालु भक्तजनहरुले ल्याउने फलफूल अन्य खानेकुरा खाएर आफ्नो पेटभर्ने बादर यतिबेला निषेधाज्ञाले गर्दा खानेकुराको अभावमा परेको बताए । यस्तो अवस्थामा सोसाइटीले देवघाट क्षेत्रका करिब तिन सय बाँदरहरुलाई फलफुल खुवाएकोमा अध्यक्ष थापाले आभार व्यक्त गरे । अध्यक्ष थापाले देवघाटका बाँदरलाई व्यवस्थित गर्न संघ र प्रदेश सरकारसँग समन्वय गरेर बादर पार्क बनाउने बताए ।

देवघाट क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले देवघाटमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमनमा शुन्य भएपछि बाादरको आहार बिहारमा पनि समस्या देखिएको बताए । घिमिरेका अनुसार देवघाटको तनहूँ र चितवन दुबै तर्फ गरि २ हजार पाँच सय भन्दा बढि बाँदर रहेको बताए ।

सोे कार्यक्रममा देवघाट ईलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज सुशील लामिछाने, देवघाट युवा तथा खेलकुद समितिका अध्यक्ष सुकु गुरुङ, ब्लड डोनर्स सोसाइटी नेपालका सचीव अन्जन दवाडी र सदस्य कुशल लम्साल, समाजसेवी सिता कडेल, देवघाट सामुदायिक स्वयंसेवक केशव पोख्रेल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अनलाइन मिडिया र सामाजिक सञ्जालमा भ्रामक र तथ्यहित सामाग्री नराख्न सरकारको चेतावनी

काठमाडौं । बैशाख ९ सरकारले अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा अपुष्ट, भ्रामक र तथ्यहीन सामग्री