विमलनगर–घाँसीकुवा सडकखण्डको बन्द चैत ३० गते सम्म निरन्तर

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत १२

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडकखण्डमा विहानको समयमा हुँदै आएको बन्द चैत ३० गते सम्म निरन्तर हुने भएको छ । मुग्लिन–पोखरा सडक विस्तार योजना अन्तर्गत काम गर्नका लागि उक्त सडकखन्ड राती १२ बजेदेखि विहान ४ बजेसम्म हुँदै आएको बन्द चैत ३० गतेसम्म निरन्तर भएको जिल्ला प्रशासन कार्यालय तनहुुँले जनाएको छ ।

आईतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले उक्त सडकमा रातीको समयमा हुँदै आएको बन्दलाई चैत ३० गते सम्मकोलागि निरन्तरता दिने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैह्रेले बताए । उक्त समयमा सडक बन्द गरी विस्तार कार्य अगाडि बढाईने छ ।
मुग्लिन–पोखरा योजना पूर्व खण्डबाट सवारी साधन रोकेर सडक निर्माण कार्य अगाडि बढाउन अनुरोध भइ आएकाले सडक बन्द गरी निर्माण कार्य अगाडि बढाउने निर्णय भएको गैह्रेले बताए । उक्त खण्डमा अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधन पूर्णरुपमा बन्द गरी काम गरिने छ ।

पृथ्वी राजमार्ग धेरै व्यस्त सडकमा पर्ने भएकाले सवारी साधन सञ्चालन भइरहेको अवस्थामा काम गर्न अप्ठ्यारो भएकाले दश दिनका लागि बाटो बन्द गरी निर्माण कार्य सञ्चालन गरिने मुग्लिन–पोखरा योजना पूर्व खण्डका प्रमुख नरेन्द्र सुवेदीले बताए ।

पुथ्वी राजमार्ग सडक खण्डलाई दुई खण्डमा विभाजन गरी विस्तारको काम भइरहेको छ । तनहुँ क्षेत्रमा ८० किलोमिटर सडक खण्डलाई आँबुखैरनी–जामुने (४१ किलोमिटर) र जामुने–पोखरा (३९ किलोमिटर) दुई भागमा बाँडेर निर्माण कार्य भइरहेको छ ।

अहिले सडकको भित्तो काट्ने, रिटेन्सन पर्खाल लगाउने, नाली, पुलहरू र डाइभर्सन बनाउने लगायतका कामहरु भइरहेको छ । सडक खण्डमा पर्ने केही घरहरु हटाउने काम समेत सुरु भएको आयोजनाले जनाएको छ भने सो खण्डमा पर्ने रुख काट्ने काम सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस पुस्तकालयमा आदिवासी जनजाति अध्ययन केन्द्र र तनहुँ अध्ययन खण्ड स्थापना हुने

तनहुँ । साउन १२ आदिकवि भानुभक्त क्याम्पस पुस्तकालय सल्लाहकार समितिको बैठकले पुस्तकालयको स्तरोन्नती गरि अत्याधुनिक,

श्रृङ्ग मार्ग मर्मतसँगै जोखिमपूर्ण खण्डमा आवागमन सहज, स्थानीय तहको पहलको प्रशंसा

तनहुँ । साउन ११ तनहुँको भिमाददेखी घिरिङ तथा ऋषिङ गाउँपालिका जोड्ने श्रृङ्ग मार्गको अत्यन्त जोखिमपूर्ण