घिरिङमा आँखा शिविर सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
घिरिङ, चैत १३

घिरिङ गाउँपालिकाको–१ पुट्टार स्थित कृष्ण माविको प्राङ्गणमा एक दिने निशुल्क आँखा शिवीर सम्पन्न भएको छ । हिमालय आँखा अस्पताल घारी पाटन पोखराको प्राबिधिक सहयोगमा सन्चालन भएको सो शिविरमा ३ सय ७४ जनाको आँखाको परिक्षण गरिएको थियो ।

शिविरमा १० जना मोतिबिन्दु तथा एक जना जलबिन्दु भएको बिरामी पत्ता लागेको थियो । मोतिबिन्दु भएका बिरामीलाई हिमालय आँखा अस्पताल पोखरामा निशुल्क अपरेसनको ब्यवस्था गरिएको घिरिङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण रिमालले जानकारी गराए । सो शिविरको घिरिङ गाउँपालिका अध्यक्ष होमबहादुर थापाले उद्घाटन गरेका थिए ।

सो कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष राधादेवि अधिकारी, वडा अध्यक्ष रबिचन्द्र घोरासिनी तथा वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता