तनहुँको चुनाव परिचालनकोलागि राप्रपाको कोषाध्यक्ष काफ्लेलाई जिम्मेबारी

Devghat Online

शेयर गरौ

देवघाट अनलाईन
काठमाण्डौं, चैत १३

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनको परिचालनको लागि तनहुँमा पार्टीका कोषाध्यक्ष निलकण्ठ काफ्लेलाई जिम्मेबारी तोकेको छ । सोमबार बसेको केन्द्रीय पदाधिकारीको बैठकले उपनिर्वाचन हुने तनहुँ–१ मा कोषाध्यक्ष काफ्लेलाई फिल्ड कमान्डर तोकेको हो ।

निर्वाचन परिचालनका लागि राप्रपाले बारा–२ मा वरिष्ठ नेता एवं उपाध्यक्ष बुद्धिमान तामाङ र चितवन–२ मा वरिष्ठ नेता एवं उपाध्यक्ष विक्रम पाण्डेलाई फिल्ड कमान्डर तोकेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताए । बैठकले तनहुँ–१, चितवन–२ र बारा–२ मा राप्रपाले आफ्नो उम्मेदवार खडा गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता