देवघाट अनलाइन
आवुँखैरेनी, चैत १४
आवुँखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयको स्तर सुधार गर्न विभिन्न योजनाहरु अघि सारेको छ । गाँउपालिकाले सामुदायीक विद्यालयहरुको शिक्षाको गुणस्तर बृद्वी गर्न तथा विद्यार्थीहरुको आर्कषण बढाउन बिभिन्न खालका कार्यक्रमहरु आगाडी बढाउने योजना तयार गरि कार्यान्वयन सुरु गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनु भयो ।




अध्यक्ष शुक्र चुमान
अध्यक्ष चुमानका अनुसार सामुदायिक विद्यालय पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बिमा देखि कर छुट दिने तयारी रहेको छ । आँबुखैरेनी गाँउपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने परिवारलाई कर छुट र प्रत्येक परिवारलाई वार्षिक ३५ सय बराबरको स्वस्थ्यबिमा गरिने अध्यक्ष चुमानले बताउनु भयो । वडा नम्बर ४, ५ र ६ का नागरिकलाई गाउँपालिकाले निशुल्क स्वास्थ्य बिमाको सुविधा दिने अध्यक्ष चुमानले जानकारी दिनु भयो ।
त्यस्तै गाउँपालिकाका करिब १२ सय वालवालिकाहरुकालागि बाल बिकास देखि कक्षा ५ सम्मका सम्पुर्ण छात्र छात्रा लाई निःशुल्क ट्रयाक शूट, झोला, जुत्ता मोजा तथा टि सर्ट बितरण गरिने छ । विद्यालयमा भबनमा गर्नुपर्ने सम्पुर्ण मर्मत, छाना, फ्लोरिङ, रङ रोगन, डेस्क बेन्च फेर्ने चैत मशान्त सम्म गरी सक्ने श्रोत ब्यवस्थापन गरिएको अध्यक्ष चुमानले बताउनु भयो । समाुदायिक विद्यालयमा नर्सरी देखि २ कक्षा सम्म स्मार्ट टिभि राखी सिकाइ सहज गर्ने काम अगडाी बढाईएको छ । विद्यालय आउन घन्टौं हिड्नु पर्ने समस्या हल गर्न केही विद्यालयलाई बस दिईने छ ।
सिकाइ गुणस्तर सुधारका लागि को लागि बिषयगत पर्याप्त दरबन्दी पठाउन गाउपालिका बाट नै आफ्नै श्रोतमा शिक्षक परिचालन गर्ने र आबुखैरेनी क्याम्पसका युबा विद्यार्थीहरु परिचालन गर्ने तयारी गरिएको छ । विद्यालय सुधारका लागि सिएनएस तथा साथी शिक्षक सस्थासँग सहकार्य गरेर ७ वा विद्यालयमा शैक्षिक सुधारको काम अगाडी बढेको समेत पालिकाले जनाएको छ । आवुँखैरेनी गाउँकार्यपालिकाले यस अघि नै सम्पुर्ण जनप्रतिनिधिका वालवालिकालाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउने निर्णय गरिसकेको छ ।












