तनहुँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत १८

आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । चैत १८ गते शनिबार जिल्ला समन्वय समितिको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । गत मंसिर ४ मा भएको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि तनहुँ १ मा उपनिर्वाचन हुन लागेको हो ।
निर्वाचन आयोगले उपनिर्वाचन गराउन जिल्ला अदालत तनहुँका न्यायधिश कोमलप्रसाद आचार्यलाई मुख्य निर्वाचन अधिकृत रुपमा खटाएको छ । कार्यालय स्थापनासँगै निर्वाचन प्रकृया सुरु भएको मुख्य निर्वाचन अधिकृत अचार्यले बताए ।

उपनिर्वाचनमा क्षेत्र नम्बर १ का १ लाख २३ हजार ३०५ मतदाता रहेका छन् । निर्वाचन सम्पन्न गर्न ६९ मतदानस्थल र १ सय ५२ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले बताए । निर्वाचनको लागि आगामी चैत २० गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ । चैत २३ गते उम्मेदवारी फिर्ता लिन सक्नेछन् । सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिह्न प्रदान निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको