विकास र सुरक्षाको प्रत्याभुती प्राथमिकतामाः खनाल

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत २०

नेकपा एमालेबाट तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदबारी दिएका सर्वेन्द्र खनालले विकास र सुरक्षाको प्रत्याभुती आफ्नो मुख्य प्राथमिकता भएको बताए । जबसम्म सुरक्षाको प्रत्याभुती र ग्यारेन्टि हुँदैन तबसम्म विकासको कामले पनि गति नलिने भन्दै आफु सांसदमा निर्वाचित भएपछि यी दुबै कुरालाई प्राथमकितामा राख्ने बताए ।

तनहुँमा रोजगारीको अवसर सिर्जना गर्न, विकासको दृष्टिले तनहुँलाई उत्कृष्ट बनाउने उद्देश्यले तनहुँ क्षेत्र नम्बर १ मा चुनाब लड्न आएको खनालले बताए । उनले धेरै युवाले रोजगार पाउने योजनाहरु तनहुँमा ल्याउने प्रयत्न गर्ने र संसदमा संसदमा आम युवाको भावनाको प्रतिनिधित्व गर्ने बताए ।

खनालले आफु प्रहरी सेवामा हुदा पनि युवाहरुको हितमा लागेको बिकृती र बिसङ्गतीको बिरुद्ध युवाहरुलाई जोगाउने काम गरेको बताए । उनले युवाहरुको हितमा काम गर्न कै लागि आफुपनि एमालेमा प्रवेश गरेको भन्दै अब युवाहरुको सुरक्षा एमालेले गर्ने बताए । महिला तथा युवाहरु नेपालमै सुरक्षित छौं भन्ने अनुभुती दिलाउने गरि काम गर्ने खनालले प्रतिबद्धता जनाए ।

खनालको प्रस्तावकमा एमाले केन्द्रीय सदस्य भगवती न्यौपाने र समर्थकमा केन्द्रीय सल्लाहाकार एकबहादुर राना रहेका छन् । खनालको उम्मेदबारी दर्ता पछि नेकपा एमालेले पार्टी कार्यालय परिसरमा कोणसभाको आयोजना गरेको थियो । सो कोणसभामा एमाले केन्द्रीय सचिव एवं गन्डकी प्रदेश इन्चार्ज पद्मा अर्याल, स्थायी कमिटिका सदस्य किरण गुरुङ्ग, पोलिट्व्युरो सदस्य टुकराज सिग्देल, केन्द्रीय सदस्य भगवती न्यौपाने लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको