देवघाटका वडा अध्यक्षको प्रतिबद्धताः धुलो हटाउने र दासढुङ्गा पुल मर्मत सम्भार गर्नेछौं

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन समाचार प्रभाव

देवघाट अनलाइन
देवघाट, चैत २०

देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवरले टिप्परको कारण सिर्जित धुलो र धुवाँबाट नागरिकलाई मुक्त गराउने प्रतिबद्धता जनाएका छन् । नेकपा एमाले देवघाट गाउँ कमिटिका अध्यक्ष केशवचन्द्र न्यौपानेले टिप्परको कारण देवघाटका नागरिकले कहिलेसम्म धुलो र धुँवा खानुपर्ने हो भन्दै सामाजिक सन्जालमा प्रश्न गरेपछि र त्यसबारेमा देवघाट अनलाइनमा समाचार प्रकाशित भएपछि वडा अध्यक्ष कुवँरले पनि सामाजिक सन्जालबाट आफ्नो प्रतिबद्धता सार्वजानिक गरेका हुन् ।

वडा अध्यक्ष कुँवरले सामाजिक सन्जालमा उठेका सबालवारे सबैलाई ध्यानाकर्षण गर्दछु भन्दै टिप्पर चल्ने समयबारे र दासढुङ्गा पक्कि पुलमा टिप्परको आलोपालोलाई ब्यवस्था गर्नेबारे इलाका प्रहरी कार्यालय देवघाटसँग समन्वय गरेको जानकारी दिएका छन् ।

धुलोकोे लागि निश्चित क्षेत्रमा पानी हाल्ने जानकारी गराएको भन्दै वडा अध्यक्ष कुँवरले दासढुङ्गा पक्किपुलमा आवश्यक मर्मतसम्भारको लागि सरोकारवालाहरूलाई अनुरोध गरिएको बताएका छन् । साथै सडक जोडिएका नाकाहरूमा सि.सि.क्यामाराको ब्यवस्था गरिएको भन्दै कुवँरले विकास गर्दा समस्या आउने तर समस्याको समाधान पनि मिलेर गर्ने जनाएका छन् । उनले कुनै जनगुनासो भएमा मौखिक र लिखित रुपमा वडा कार्यालयमा जानकारी दिन पनि अनुरोध गरेका छन् ।

एमालेका अध्यक्ष न्यौपानेले सोमबार सामाजिक सन्जाल मार्फत गाउँपालिकाका जनप्रतिनिधिलाई चारवटा प्रश्न गर्दै नागरिकले टिप्पर आतंक र धुलो, धुवाँ कहिलेसम्म खानु पर्ने हो भन्ने प्रश्न गरेका थिए । न्यौपानेले गाउँपालिकाले इजाजत दिएर सन्चालनमा आएका टिप्पर बिहान ४ बजेदेखि राती ९ बजेसम्म दौडाएर देबघाटबासीले टिप्पर आतङ्क सहनुपर्ने भन्दै निश्चित समयको ब्यबस्थापन मिलाउने जिम्मेवारी तपाईहरुको हो की हैन ? भन्ने प्रश्न गरेका थिए ।

त्यस्तै निर्वाचित जनप्रतिनिधिले आस्थाको आधारमा नियुक्ती भएका कर्मचारीलाई तलबभत्ता खुवाउन ढुङ्गा, गिट्टी र बालुवा बिक्री गरी राजश्व लिइ राख्दा टिप्पर गुड्दा जनताले सधै धुवाँधुलो खाइरनुपर्ने भन्दै टिप्पर दौडदा बाटोमा पानी हाल्ने प्रबन्ध गर्नु पर्दैन र धुलोले कारण नागरिकको स्वास्थ्यप्रति तपाईहरु चिन्तित हुनु पर्दैन ? भन्दै न्यौपानेले प्रश्न गरेका थिए ।

न्यौपानेले दासढुङ्गाको पुलको क्षमता कति हो, प्राविधिकहरुसँग परामर्श गर्नु पर्दैन ? उक्त पुलले थेग्नसक्ने भार क्षमता कति हो ? एकै पटक ६,७ वटा लोड टिप्पर लोड गुडाउँदा पुलको आयु कति वर्ष होला ? आलो–पालो टिप्पर गुडाउने ब्यवस्थापन गर्ने जिम्मा तपाईहरूको क्षेत्र भित्र पर्छ कि पर्दैन ? भन्ने प्रश्न गरेका छन् ।

यसैगरि माटो ढुङ्गा, गिट्टी र बालुवा बिक्रीको लागि टेन्डर गर्दा आइइइको नाममा प्राविधिक सम्बन्धित फिल्डमा जादा सरोकारवाला टोल विकास, वन समूह, प्रहरी प्रशासन साँध सधियारासँग सहमति गर्नु पर्दैन ?, प्राकृतिक श्रोत उत्खनन गर्दा त्यसले पु¥याउने तत्कालिन र दीर्घकालीन असर बारे तपाईहरूलाई कुनै मतलब हुदैन ? भन्दै यी प्रश्नको उत्तर देवघाटबासीले जान्न चाहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको