एमालेका उम्मेदबार खनाल भन्छन्ः मेरो प्रतिश्पर्धी नै छैन

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत २२

नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार सर्वेन्द्र खनालले उपनिर्वाचनमा आफ्नो प्रतिश्पर्धी नै नभएको बताएका छन् । प्रेस चौतारी तनहुँ शाखाले बुधबार बिहान दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खनालले निर्वाचनमा यहाँका मतदाताले आफुलाई जिताउने हुँदा आफुलै कुनै प्रतिश्पर्धी नै नपाएको बताए । ‘म बिजयी हुन्छु’ खनालले भने ‘प्रतिश्पधी को हुन्छ मलाई थाह छैन ।’ आफु तनहुँको धर्तीपुत्र भएको भन्दै खनालले यहाँको माटोले आफुलाई चिन्ने हुँदा आफ्नो जितमा कुनै शंका नभएको विश्वास व्यक्त गरे ।

खनालले तनहुँ जिल्लालाई गर्व गर्ने जिल्लाको रुपमा विकास गर्ने बताए । राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत तनहुँलाई गर्व गर्न सक्ने जिल्ला बनाउने उनको प्रतिबद्धता थियो । खनालले तनहुँको मात्रै हैन, देशकै छोरा बन्ने प्रयत्न गर्ने बताए । सोही कारण देश र जनताको सेवाको लागि आफु चुनावी मैदानमा आएको उनले बताए ।

खनालले प्रहरी महानिरिक्षकको रुपमा ललिता निवासकान्ड तथा आफ्नो नेतृत्वमा फुटवलमा भएको म्याच फिक्सिङ कान्ड, अबैध हुन्डी कान्ड, विद्युत चुहावटका अपराधीलाई नियन्त्रण, मानव बेचबिखनको विरुद्धमा एक्सन जस्ता कार्यले आफु अब्बल प्रमाणित भएको हुँदा अव सांसदको रुपमा पनि अब्बल हुने चाहाना रहेको बताए ।

आफुले जिन्दगीभर राष्ट्रियताको संरक्षण र सम्बद्र्धनमा लागिरहेको उनले बताए । आफ्नो प्रहरी सेवाकालमा देशको भ्रष्टाचार, गुन्डाराज, बिकृती र बिसंगतीको अन्त्यकोलागि काम गरेको उनले बताए । आफुले प्रहरी सेवाकालमा तनहुँका जनताको हितमा धेरै काम गरेको पनि उनको भनाइ थियो । जिल्लाका ११ वटा स्थानमा प्रहरी चौकिको निर्माणको लागि बजेट बिनियोजन गरेर प्रहरी संगठनको भौतिक विकासमा सहयोग गरेको खनालले बताए ।

आफुले जागिरे जिवनकालमा संधै जनताको सुरक्षा र हितलाई ध्यानमा राखेर काम गरेको भन्दै उनले सरकार र द्वन्द्वरत पक्षविच शान्तिवार्ताको क्रममा शान्ति सुरक्षाको जिम्मेवारी लिएको, मधेस आन्दोलन, विप्लव समुहको शान्ति प्रक्रियामा अवतरण र पृथकताबादी आन्दोलनलाई पनि राजनीतिको मुलधारमा ल्याउनेकामको सुरक्षाको जिम्मेवारी आफ्नो नेतृत्वमा भएको खनालले दावी गरे । आफ्नो नेतृत्वमा नेपाल प्रहरी उत्कृष्ट संगठन बनेको उनले दाबी गरे ।

आफुले संसदको रुपमा मौका पाए तनहुँको आवाजलाई देशमा मात्र नभई विश्वभर पु¥याउन सक्ने उनले दाबी गरे । अहिले संसदमा तनहुँको आवाज कमजोर हुने भएको कारणले आफु चुनावी मैदानमा आएको खनालले बताए ।

उनले देशमा सुशासन कायम गर्दै मौलाउँदै गएको भष्ट्राचारलाई अन्त्य गरी अर्थतन्त्रलाई सबल बनाउन आफ्नो दृढ संकल्पित रहेको बताए । आम नागरिकको न्यायको लागि सदैव लड्न आफु तयार रहेको बताउँदै यही माटोमा हुर्किएको व्यक्ति भएकाले जिल्लाबासीको राम्रो माया ममता पाउनेमा पूर्ण आशाबादी रहेको उनको भनाई थियो । तनहुँको विकास बाहेक आफ्नो व्यक्तिगत कुनैपनि स्वार्थ नरहेको उल्लेख गर्दै खनालले राष्ट्रिय अन्तरािष्ट्रियस्तरमा पर्यटकीय हब बनाएर परिचित गराउने लक्ष्य लिएको बताए ।

प्रेस चौतारी नेपाल तनहुँ शाखाका अध्यक्ष बिबि श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शाखाकी सह–सचिव सुनिता आचार्यले कार्यक्रम सन्चालन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय