गगनको भाषणले स्वर्णिकोलागि सहज बन्दै तनहुँको चुनाव

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत २३

गत चैत २० गते नेपाली काँग्रेस तनहुँको प्राङ्गणमा तनहुँ क्षेत्र नम्बर १ को उपचुनावका उम्मेदबार बनेका गोविन्द भट्टराईको मनोनयनको तयारीको लागि कोण सभा आयोजना गरिएको थियो । सो कार्यक्रमको प्रमुख अतिथी थिए नेपाली काँग्रेसका महामन्त्री गगन थापा ।

उक्त कोणसभामा महामन्त्री थापाले दुई दिन अघि मात्र नेपाली काँग्रेस परित्याग गरि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरि तनहुँ–१ को काँग्रेसको किल्लामा धावा बोल्न आएका डा.स्वर्णिम वाग्लेको विरुद्ध गालीको वर्षा गरे । दुई दिन अघि स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीमा जाने हल्लाकै विच उनलाई रोक्न लागि परेका महामन्त्री थापा स्वर्णिमलाई काँग्रेसमै टिकाई राख्न असफल भएपछि उम्मेदबार मनोनयन गर्ने दिन दमौली आएर स्वर्णिमको विरुद्धमा ‘विषवमन’ गरे । उक्त कार्यक्रममा काँग्रेस महमन्त्री थापाले आफ्नो भाषणको क्रममा स्वर्णिमको नाम त लिएनन् तर पनि उनको अभिव्यक्ति स्वर्णिम प्रति नै लक्षित भएको जो कसैले स्पष्ट बुझेको थियो ।

गत मंसिरको चुनावमा स्वर्णिमका लागि आफ्नो क्षेत्र (काठमाडौं ४) नै छोड्न तयार भएको भनिएर प्रचार गरिएका गगनले चैत २० गते तनहुँ पुगेर स्वर्णिम लक्षित गरेर जे–जे भने त्यो गगनस्तरको होइन, कांग्रेसको टोले कार्यकर्ता तहको रहेको सो सभामा सहभागी अधिकांश कार्यकर्ताको विश्लेषण थियो ।

उक्त सभामा गगनको तिनवटा वटा मुख्य विश्लेषण थियो ।

पहिलोः जागिर खाएर, पेन्सन पकाएर, घर–गृहस्थीको बन्दोबस्ती गरेर होइन सडकमा लडेर, छातीमा ढुंगा र गोली थापेर, जेलनेल खेपेरमात्रै राजनीतिमा आउनुपर्छ ।

दोस्रोः स्वर्णिम टुरिस्ट उम्मेदवार हुन् ।

तेश्रोः अहिले काँग्रेसलाई दाई–भाउजुको पार्टी भन्दै काँग्रेस परित्याग गरेर स्वर्णिम प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टी चुनाव पछि गृह मन्त्रालय र रोजेको मन्त्रालय पायो भने त्यही दाई–भाउजुको पार्टी र दाई–भाउजु पनि मन पर्न थाल्छ ।

तर गगनले के बुझ्न सकेनन् या बुझ पचाए भने अहिलेको पुस्ता गगनले भने झैं लाठी र ढुङ्गा हान्ने आन्दोलन मान्न तयार छैन । विगतमा कसले कति वटा ढुङ्गा हानेको थियो र कसले कित लाठी खाएको थियो भन्ने अहिलेको नयाँ पुस्तालाई मतलव छैन । इन्टरनेटबाट संसार नियालिरहेका उनीहरु युवालाई स्वदेशमै रोजगार र देशको विकास कसले गर्न सक्छ भन्नेमा नै चासो लिन्छन् ।

गगनको अर्काे आरोप–स्वर्णिम टुरिस्ट हुन् भन्ने । गत मंसिरमा स्वर्णिमको लागि आफ्नो क्षेत्र काठमाडौ–४ छोडेर आफैं चुनाव लड्न सिरहा जान तयार भएको भनेर प्रचार गर्ने र तनहुँका प्रदीप पौडेललाई काठमाडौं ल्याउन भूमिका खेलेका गगनले मस्र्याङ्दी पारिका स्वर्णिमलाई तनहुँमा कसरी ‘टुरिष्ट’ उम्मेदवार भन्न भ्याए ?

गगनको त्यही भाषण अहिले सामाजिक सन्जालमा भाईरल भएको छ । ति भाषणको तलपट्टि कमेन्ट बक्समा आउने सर्वसाधरणको कमेन्ट पढ्न थाल्ने हो भने धेरैलाई टाउको दुख्न थाल्छ । चैत २० को दमौलीको भाषण पछि गगन थापा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालपछि सामाजिक सन्जालमा गाली खाने दोश्रो नेतामा दर्ज भएका छन् ।

गगनले त परिस्थितिबस सँगै हुन नसके पनि नयाँ यात्राका लागि स्वर्णिमलाई शुभकामना दिएर भविष्यमा सकारात्मक सहकार्यको अपेक्षा राख्नुपथ्र्याे तर, उनी उक्त सभामा कांग्रेसको सबैभन्दा ठूलो दश्मन नै स्वर्णिम हुन् भने जसरी प्रस्तुत भए ।

आफूसँग हुँदा सबै जायज, आफूसँग नहुँदा सबै खराब भन्ने भाष्य स्थापित गराउने यो प्रवृत्तिले स्वर्णिमलाई भन्दा गगनलाई नै बढी क्षति गर्नेछ । गगनले स्वर्णिमविरुद्ध अनावश्यक र अतिरञ्जित फायर खोलेर स्वर्णिमलाई नै सहयोग पु¥याउने क्रमको सुरुवात गरेका छन् ।

गगनले चैत २० को झै निर्वाचन प्रचारका क्रममा ८–१० ठाउँमा स्वर्णिमको उछित्तो काढेर भाषण गरेभने स्वर्णिमका लागि प्रतिस्पर्धा थप सहज हुनेछ । किनकि स्वर्णिमविरुद्ध गगनको भाषणले अन्ततः रुष्ट बनाउने कांग्रेसका मतदातालाई नै हो । त्यो उम्मेदबारी दर्ताको तिन दिन मै पुष्टि हुँदै गएको छ । गगनको भाषणले प्रतक्ष्य नभएपनि अप्रतक्ष्यरुपमा स्वर्णिमलाई नै सघाउँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको