उम्मेदबारलाई निर्वाचन चिन्ह प्रदान

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत २२

आगामी बैशाख १० गते हुने उपनिर्वाचनका उम्मेदबारले निर्वाचन चिन्ह प्राप्त गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले विहिबार साँझ उम्मेदबारहरुले चुनाव चिन्ह प्रदान गरेको हो । तनहुँमा ९ राजनीतिक दलका उम्मेदबारहरुले मनोनयन दर्ता गरेका थिए । यसपटक कुनै पनि स्वतन्त्र व्यक्तिले मनोनयन दर्ता नगरेको कारण राजनीतिक दलले निर्वाचन आयोगमा बुझाएको चुनाव चिन्ह नै उपनिर्वाचनका उम्मेदबारलाई प्रदान गरिएको मुख्य निर्वाचन अधिकृत कोमल प्रसाद आचार्यले बताए ।

उनका अनुसार नेपाली काँग्रेसका गोविन्द भट्टराईले रुख, नेकपा एमालेका सर्वेन्द्र खनालले सुर्य, राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले घन्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सोभा गुरुङले हलो, नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापतीले मादल, राष्ट्रिय जनमुक्ति पार्टीका पुर्णबहादुर रानाले घर, मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले कुखुराको भाले, नागरिक उन्मुक्ति पार्टीका भिमबहादुर सुनारले पिँध भएको ढकिया, नेपाल कम्युनिष्ट पार्टी (समाजबादी) का गणेश श्रेष्ठले कार चुनाव चिन्ह पाएका छन् ।

चुनाव चिन्ह पाएपछि शुक्रबारबाट उम्मेदबारहरुले चुनाव प्रचारको लागि मतदाताको घर दैलोमा जान पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले