व्यासका विभिन्न वडामा एमाले उम्मेदबार खनालको मतदातासँग भेटघाट (फोटो सहित)

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत २४

नेकपा एमालेका तनहुँ क्षेत्र नम्बर १ का उम्मेदबार सर्वेन्द्र खनाल शुक्रबार बिहान व्यास नगरपालिका–वडा नम्बर २ र ३ स्थित दमौली बजारका विभिन्न टोलमा पुगी मतदातालाई भेट गरेका छन् ।

सो अवसरमा खनालले आफु गफमा हैन, काममा विश्वास गर्ने हुँदा एक पटक आफुलाई काम गर्ने मौका दिन मतदातासँग अनुरोध गरेका थिए ।

उनले आफु भाषणमा भन्दा काममा विश्वास गर्ने भएको हुँदा जनताले विश्वास गरे काम गरेर देखाउने प्रतिबद्धता जनाए ।

राजनीतिमा भएको बिकृती र विसंगतीको अन्त्य तथा तनहुुँको विकास र समृद्धी नै आफ्नो मुख्य प्राथमिकता रहेको उनले बताए ।

सो अवसरमा खनाललाई विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता र दमौलीबासीहरुले शुभकामना दिएका थिए ।

सो क्रममा ठुलो संख्यामा एमालेका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण