देवघाटको कोटा पुगेर एमाले नेता गुरुङले भने-उपनिर्वाचनमा राष्ट्रियता पक्षधरले जित्नुपर्छ

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन 

देवघाट, चैत २४

नेकपा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले बैशाख १० गते हुने उपनिर्वाचनमा राष्ट्रियताका पक्षधरहरुले जित्नुपर्ने बताएका छन् । देवघाट गाउँ पालिका-१ को कोटामा शुक्रबार नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले निर्वाचन मार्फत राष्ट्रघाती सत्तागठबन्धनलाई परास्त गर्नु पर्ने बताए ।

गुरुङले सत्तागठबन्धनले देशको अस्तित्व नै संकटमा पारेको भन्दै गठबन्धनका उम्मेदवारलाई निर्वाचनमा परास्त गर्नुपर्ने बताए । निर्वाचन राष्ट्रवादी र राष्ट्रघाती बिचको लडाई भएको हुदा राष्ट्रघातीको हार अनिवार्य भएको गुरुङले बताए ।

नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल लामो समय नेपाल प्रहरीमा रहँदा देशमा व्याप्त भ्रष्टाचार, कुशासन, गुन्डागर्दी, मानव तस्करी, दाईजो प्रथा, अनियमितता जस्ता कुरीतिको बिरुद्धमा प्रहार गरेर आएको हुँदा खनालबाट भविष्यमा पनि यस्तै खाले काम हुने गुरुङले बताए ।

सो कार्यक्रममा नेकपा एमाले गन्डकी प्रदेश कमिटीकी सदस्य कृष्णकुमारी श्रेष्ठ, देवघाट गाउँ कमिटीका अध्यक्ष केशवचन्द्र न्यौपाने लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण