देवघाटमा रास्वपाका वाग्ले र लामिछानेको उद्घोषः अरुलाई गाली गर्ने फुर्सद छैन, कामबाटै जवाफ दिन्छौं

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
देवघाट, चैत २५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार देवघाट गाउँपालिका–५ स्थित हाटबजारमा चुनावी सभाको आयोजना ग¥यो । सो सभालाई तनहुँ क्षेत्र नम्बर १ का उम्मेदबार डा.स्वर्णिम वाग्ले र रास्वपाका सभापती एवं चितवन क्षेत्र नम्बर २ का उम्मेदबार रवि लामिछानेले सम्बोधन गरे । सो कार्यक्रमलाई सम्बोधन गर्दै वाग्ले र लामिछानेले विरोधीलाई अहिले गाली गर्ने फुर्सद छैन भन्दै कामबाटै जवाफ दिने बताए ।

‘अरुलाई गाली गर्ने फुर्सद छैन, कामबाटै विरोधीलाई जवाफ दिन्छु,’ वाग्लेले भने ‘अव देश विकासको मोडल तनहुँबाट सुरू हुन्छ ।’ उनले अन्य ठाउँले पनि अव तनहुँको विकासबाट सिक्ने अवसर पाउने दाबी गरे । ‘खानेपानी र बाटो बनाउनेमात्र नेता यहाँका जनताले खोजेका होइनन्, समग्र देशकै आर्थिक उन्नति उकास्ने नीति बनाउने नेता जनताले चाहेका छन्,’ वाग्लेले भने । वाग्लेले अर्थतन्त्र उकास्ने लक्ष्यसहित चुनावी मैदानमा होमिएको बताए । उनले राजनीति दूषित हुँदा देश विकासमा पछाडि परेको बताउँदै राजनीतिलाई सफा बनाउनुपर्ने आवश्यकता रहेको बताए ।

सभापती लामिछानेले निर्वाचनमा स्वच्छ र स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको बताए । लामिछानेले आफू स्वच्छ राजनीति गर्न सदैव सक्रिय रहेको भन्दै ‘हामी स्वच्छ राजनीति गर्न चाहन्छौं, अरु दललाई पनि हामी यही आह्वान गर्छौं,’ उनले भने, ‘कुनै पनि उम्मेदवारविरूद्ध दुर्भाव छैन। सबैलाई यही आह्वान गर्छाैं ।’ लोकतन्त्रको सुन्दर पक्ष भनेको प्रतिस्पर्धा भएकाले यो सुन्दर पक्षलाई सबैले अवलम्बन गर्नुपर्नेमा लामिछानेको जोड थियो ।

तनहुँ–१ का जनता जुनसुकै पार्टीमा भए पनि यसपटक देशका लागि सोचेर मतदान गर्न लामिछानेले आग्रह गरे । ‘सबै दलप्रति हाम्रो सद्भाव छ, अन्य दलमा आबद्ध भए पनि दल फेर्नु पर्दैन, एकपटक मतमात्र फेर्नुस्, देश विकासको जिम्मा हामी लिन्छौं,’ उनले भने । सो कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य रमेश प्रसाईले पनि सम्बोधन गरेका थिए ।
यसअघि रास्वपाले शनिबार दिउँसो आवुँखैरेनीमा पनि चुनावी सभा आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण