कर्मचारीमाथि गरिएको अभद्र व्यवहारको विरोधमा कालोपट्टी बाँधेर कामकाज

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत २६

भिमाद नगरपालिकाका उपसचिव पदमराज आचार्यमाथी गत चैत २४ गते नेपाली काँग्रेसका कार्यकर्ताहरुले अभद्र व्यवहार गरेको विरोधमा भिमाद नगरपालिकाका सम्पुर्ण कर्मचारीहरुले आईतबार हातमा कालोपट्टी बाँधेर काम गरेका छन् ।

शिक्षा, युवा तथा खेलकुँद शाखाका उपसचिव आचार्यलाई दुव्र्यहवार गरि नेपाली काँग्रेसका कार्यकर्ताहरुले उक्त शाखामा तालाबन्दी गरेका थिए । नगरपालिकाको काम कारवाही प्रति चित्त नबुझेमा निश्चित विधि र प्रक्रियामार्फत पहलकदमी लिनु पर्नेमा कर्मचारीलाई दुव्र्यहवार गर्नु खेलजनक भएको कर्मचारीहरुले बताएका छन् ।

कर्मचारीलाई दुव्र्यहवार गर्ने, हातपात गर्ने, अपमानित तथा गाली बेईज्यती गर्नेहरुको पहिचान गरि कानुनी कारवाहीको प्रक्रियामा नलाँदासम्म कर्मचारीहरुले स्वतन्त्रपुर्वक काम गर्ने वातावरण नभएको कर्मचारीहरुले बताएका छन् । कर्मचारीहरुले चैत २६ गते विज्ञप्ति प्रकाशित गरि शिक्षा युवा तथा खेलकुँद शाखामा गरिएको तालाबन्दी नखोलेसम्म चरणबद्ध आन्दोलन गर्ने बताएका छन् ।

नगरपालिकाले स्थायी शिक्षकको पदस्थापना गर्ने विषयमा राजनीतिक पुर्वाग्रह लिएको हुँदा सो निर्णय सच्याउन माग गर्दै नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरिएको नेपाली काँग्रेस भिमाद नगरपालिकाका सभापती अरविन श्रेष्ठले बताए ।

भिमाद नगरपालिकाका मेयर दधिराज सुवेदीले कर्मचारीहरुको आन्दोलनप्रति ध्यानाकर्षण भएको भन्दै कुनै पनि स्थायी शिक्षकलाई पदस्थापनाको क्रममा राजनीतिक पुर्वाग्रह नराखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को