तनहुँ–१ कि राप्रपा उम्मेदवार गुरुङ चेक बाउन्समा दोषी ठहर

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत २६

तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा राप्रपाकी उम्मेदवार शोभा गुरुङ चेक अनादरको मुद्दामा दोषी ठहर भएकी छन् । उच्च अदालत पाटनले आइतबार गुरुङलाई खातामा पर्याप्त रकम नभई चेक काटेको मुद्दामा दोषी ठहर गर्दै ३ दिन कैद सजाय सुनाएको हो ।

न्यायाधीशहरु ऋषिराम दवाडी र राजेन्द्र खरेलको इजलासले उनलाई दोषी ठहर गर्दै जाहेरीकर्ता लक्ष्मी कुमारी लिम्बुलाई १० लाख रुपैयाँ भराउने आदेश गरेको हो । उच्च अदालतले उनीमाथि १० लाख रुपैयाँ जरिवाना तिराउने आदेश गरेको छ । अनि थप ४० हजार रुपैयाँ क्षतिपूर्ति कोषमा तिराउने आदेशसमेत गरेको छ । यो फैसला विरुद्ध गुरुङले सर्वोच्च अदालतमा पुनरावेदन दिन पाउछिन् ।

दोषी ठहर भएपनि गुरुङ निर्वाचन लड्न भने कुनै बाधा पर्ने छैन । उनले पनुराबेदन गर्न पाउने सुविधा भएको कारण निर्वाचन लड्न भने कुनै अवरोध नहुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका सहसचिव यज्ञ भट्टराईले कुनै मुद्दा अन्तिम अदालतबाट फैसला नभएसम्म व्यक्ति दोषी ठहर भएकै आधारमा उम्मेदवारीबाट वञ्चित नहुने प्रतिक्रिया दिए ।

भट्टराईले भने, ‘फैसला अन्तिम भइसकेको वा त्यो मुद्दा हेर्ने अन्तिम अदालतबाट फैसला हुँदा दोषी ठहर भएको अवस्थामा तोकिएका मुद्दाका कसुरदार मात्रै निर्वाचनमा प्रतिस्पर्धा गर्न नपाउने हुन् । फैसला अन्तिम नभएको अवस्थामा उम्मेदवारी बदर हुदैन ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को