टिप नेपो तनहुँको सक्रियतामा दमौली अस्पताल परिसरमा सरसफाई

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत २७

टिम नेपो तनहुँको सक्रियतामा दमौली अस्पताल परिसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा दमौली अस्पतालका प्रशासन प्रमुख डा.दिवस ढकालले दमौली अस्पताल परिसरमा फोहोर व्यवस्थापनका लागि आवश्यक सहयोग रहेको र टिम नेपोले उक्त सहयोग पुर्ति गरिदिएको बताए ।

कार्यक्रममा व्यास नपा–३ का वडा अध्यक्ष अनुप रानाले टिम नेपो तनहुँले गरेको कार्यक्रम सराहनिय रहेको र सरसफाइ मात्र नभइ साँचिकै बृहत सरसफाइ रहेको र भोलिका दिनमा टिम नेपो तनहुँलाइ आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रमका सभापति रबि अधिकारीले टिम नेपो तनहुँ स्वस्थ्य, शिक्षा, युवा नेतृत्व र बाताबरणको क्षेत्रमा रहेर बिभिन्न कार्यक्रम गदै आएको र टिम नेपो तनहुँले मानुकोटमा नेपालको झण्डा, विद्यालयमा शैक्षिक सामाग्री, बृक्षारोपण, नेतृत्व विकास तालिम, आखा तथा स्वास्थ्य शिविर, सरसफाइका लगाएका कार्यक्रमहरु गदै आएको जानकारी गराएका थिए ।

कार्यक्रममा सामुदायिक साझेदारी प्रहरी, दमौली अस्पतालका स्वास्थ्यकर्मी र स्थानियबासी गरी ५८ जना उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण