उपनिर्वाचनको तयारीको लागि एमाले व्यास नगरको बैठक

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत २७

बैशाख १० गते हुने उपनिर्वाचनको तयारीको लागि नेकपा एमाले व्यास नगर कमिटिको सचिवालय बैठक सोमबार पार्टी कार्यालय दमौलीमा सम्पन्न भयो । व्यास नगर कमिटिका कार्यवहाक अध्यक्ष तुल्सीराम पाण्डेको अध्यक्षतामा सम्पन्न सो बैठकमा नेकपा एमालेका स्थायी कमिटिका सदस्य किरण गुरुङले निर्वाचन नजिकिई सकेको हुँदा सबै कार्यकर्ताहरु आफ्नो व्यक्तिगत कामलाई थाँती राखेर निर्वाचनको प्रचारमा जुट्नु पर्ने बताए ।

यो निर्वाचन राष्ट्रवादी र राष्ट्रघाती विचको लडाई भएको हुँदा राष्ट्रबादीहरुको जित हुन सम्पुर्ण पार्टी पंक्ति परिचालन भई जनतालाई जगाउनु पर्ने गुरुङले बताए ।

सो कार्यक्रममा नेकपा एमालेका पोलिट्व्युरो सदस्यहरु टुकराज सिग्देल, केन्द्रिय सदस्य मायानाथ अधिकारी, जिल्ला कमिटिका उपाध्यक्ष हरिराज कडेंल, जिल्ला कमिटिका उपसचिव प्रदिपराज अधिकारी लगायतले निर्वाचन परिचालनको लागि जुटुन कार्यकर्तालाई निर्देशन दिए ।

सो बैठकले उम्मेदबारको घर दैलो अभियानको बारेमा विभिन्न निर्णयहरु गरेको र बैशाख ५ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमौलीमा सम्बोधन गर्ने व्यास नगर स्तरीय चुनावी सभाको तयारीको बारेमा पनि विभिन्न निर्णय गरिएको कार्यवहाक अध्यक्ष पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को