व्यासका विभिन्न वडाको बैठक सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत २८

बैशाख १० गते हुने उपनिर्वाचनको तयारीको लागि नेकपा एमाले व्यास नगर कमिटि अन्तर्गत विभिन्न वडाको बैठक सम्पन्न भएको छ । बुधबार वडा नम्बर ११ को दरै पंधेरामा र वडा नम्बर १२, १३ र १४ को संयुक्तरुपमा छाब्दी बाराहीमा बैडक आयोजना गरियो ।

सो बैठकमा नेकपा एमालेका स्थायी कमिटिका सदस्य किरण गुरुङले निर्वाचन नजिकिई सकेको हुँदा सबै कार्यकर्ताहरु आफ्नो व्यक्तिगत कामलाई थाँती राखेर निर्वाचनको प्रचारमा जुट्नु पर्ने बताए । यो निर्वाचन राष्ट्रवादी र राष्ट्रघाती विचको लडाई भएको हुँदा राष्ट्रबादीहरुको जित हुन सम्पुर्ण पार्टी पंक्ति परिचालन भई जनतालाई जगाउनु पर्ने गुरुङले बताए ।

बैठकलाई नेकपा एमाले गन्डकी प्रदेश कमिटिका सचिवालय सदस्य विष्णुभक्त सिग्देल, जिल्ला कमिटिका उपसचिव प्रदिपराज अधिकारी, व्यास नगर कमिटिका अध्यक्ष तुल्सीराम पाण्डे लगायतले निर्वाचन परिचालनको लागि जुटुन कार्यकर्तालाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल