अबैध लागू औषध सहित पक्राउ

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत २८

अबैध लागु औषध सहित प्रहरीले बुधबार तनहुँ भिमाद नगरपालिका वडा नं. ९ बुच्चखानी बस्ने बर्ष २२ को विबस गुरुङलाई पक्राउ गरेको छ ।
आँबुखैरेनी गाउँपालिका–४ बेनीटार स्थित पृथ्वी राजमार्गमा अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरी टोलीले बिरगन्जबाट पोखरा तर्फ आउदै गरेको ग १ ख ९९४६ नम्बरको बस रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार गुरुङलाई निट्रेभेट–१० लेखेको २२ पत्तामा ६६० ट्याब्लेट र अर्को पत्तामा १५ वडा ट्याब्लेट गरी जम्मा ६७५ वटा ट्याब्लेट लागु औषध सहित पक्राउ गरेको थियो ।

पक्राउ परेका गुरुङलाई तनहूँ जिल्ला अदालतबाट दिन १० को म्याद थप भई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनबहादुर खाँणले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र