केन्द्रिय नेताहरुको उपस्थितीमा विभिन्न पालिकामा एमालेको बैठक

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत २८

निर्वाचन परिचालन अन्तर्गत तनहुँका विभिन्न पालिकामा नेकपा एमालेको बैठक तथा भेलाहरु आयोजना गरिएका छन् । बैशाख १० हुने उपनिर्वाचनलाई लक्षित गरि एमालेको कार्यकर्ता भेला, विस्तारित बैठक तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएका हुन् ।
ति भेलाहरुमा एमालेका केन्द्रीय नेताहरुको सहभागिता रहेको छ ।

बैठकमा केन्द्रिय स्तरका नेताहरुले यो उपनिर्वाचन मुलुक र एमालेको भविष्यकोलागि निकै महत्वपुर्ण भएको हुँदा सबै कार्यकर्ताहरु सक्रियताका साथ लाग्नु पर्ने बताएका थिए । यो उपनिर्वाचन राष्ट्रवादी शक्ति र राष्ट्रघातीहरुको विचमा हुन गईरहेको हुँदा राष्ट्रवादी शक्तिको बिजय शुनिश्चित गर्न जनतालाई जागुरुक गराउनु पर्ने बताए ।

बुधबार आवुँखैरेनीमा आयोजित कार्यक्रममा एमाले केन्द्रिय सचिव एवं गन्डकी प्रदेश इन्चार्ज पदमा अर्याल, केन्द्रीय सदस्य रामशरण बस्नेत र भगवती न्यौपाने, प्रदेश कमिटिका सदस्यहरु उपेन्द्र देवकोटा, ऋषि केसी, व्यास नगरपालिकाका विभिन्न वडामा आयोजित बैठकमा स्थायी कमिटिका सदस्य किरण गुरुङ, प्रदेश सचिवालय सदस्य विष्णुभक्त सिग्देल, बन्दिपुरमा आयोजित बैठकमा पोलिट्व्युरो सदस्य टुकराज सिग्देल, प्रदेश कमिटिका सदस्य इन्द्रबहादुर कुँवर सहभागी छन् ।

यस्तै भानु नगरपालिकामा आयोजित बैठक तथा भेलामा केन्द्रीय सदस्य मायानाथ अधिकारी, केन्द्रीय सल्लाहाकार एकबहादुर राना, प्रदेश कमिटि सचिवालय सदस्य रामबहादुर गुरुङ तथा देवघाट गाउँपालिकामा आयोजित कार्यक्रममा उपनिर्वाचनका उम्मेदबार सर्वेन्द्र खनाल, प्रदेश कमिटिका सचिवालय सदस्य केदार सिग्देल, कृष्णराज ढकाल लगायतका नेताहरुको सहभागिता रहेको छ ।

एमालेका केन्द्रीय स्तरका नेताहरुले प्रत्येक पालिकाको कमान्ड सम्हाल्ने गरि काम गरिरहेको एमालेले जनाएको छ । ति नेताहरुले पार्टीको मत संरक्षणको लागि असन्तुष्ट मतदातालाई भेटघाट गर्ने देखी विभिन्न योजना निर्माणमा सक्रिय भएको एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण