भट्टराईको पक्षमा माहौल बनाउन काँग्रेसका केन्द्रिय नेताहरु तनहुँमा

Devghat Online

शेयर गरौ

देवघाट अनलाईन
दमाली, चैत २८

बैशाख १० गते हुने उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदबार गोविन्द भट्टराईलाई बिजयी गराउन नेपाली काँग्रेसका केन्द्रिय नेताहरु तनहुँ आएका छन् ।

 

भट्टराईको पक्षमा माहौल सिर्जना गर्न बुधबार नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, पुर्व उपसभापती तथा केन्द्रिय सदस्य प्रकाशमान सिंह, केन्द्रीय सदस्य प्रदिप पौडेल र केन्द्रिय सदस्य शंकर भण्डारी तनहुँमा रहेका छन् ।

महामन्त्री शर्मा बुधबार साँझ काठमाडौं फर्किए भने अन्य नेताहरु भने तनहुँमै रहेका छन् । केन्द्रीय नेताहरुले गाउँ गाउँमा हुने चुनावी सभामा सम्बोधन गर्ने छन् । पछिल्ला दिनमा काँग्रेस कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टीमा धमाधम खुल्न थालेपछि समस्यामा परेको काँग्रेसले आफ्ना कार्यकर्ता जोगाउन केन्द्रीय स्तरका नेताहरु नै खटाएको छ ।

काँग्रेसले पछिल्लो दिनमा एमालेलाई भन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदबार स्वर्णिम वाग्लेलाई चुनौती ठानेको छ । भट्टराईको पक्षमा माहौल सिर्जना सत्तागठबन्धनका दलका नेताहरुको बैठक बुधबार साँझ नेपाली काँग्रेसको कार्यालयमा बसेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण