गलत काम गरे स्वर्णिम वाग्लेलाई पनि सांसदबाट हटाउँछौः लामिछाने

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत ३०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेले गलत काम गरे स्वर्णिम वाग्लेलाई पनि सांसद पटबाट हटाईने बताएका छन् । विहिबार आवुँखैरेनीमा पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले गलत काम गर्ने गर्ने जो कसैलाई पनि पार्टी नछाड्ने बताए ।

गलत काम गरेको कारण सांसद ढाकाराम श्रेष्ठलाई पार्टीको साधारण सदस्य र सांसदबाट कारवाही गरेको भन्दै लामिछानेले अव यस्तै गलत काम गरेमा स्वर्णिम वाग्ले होस् या अन्य जो कसैलाई पनि कारवाही गरिने बताए । रास्वपाले जस्तै दोषीहरुलाई अन्य पार्टीले पनि कारवाही गरेको भए राजनीति यति धेरै भ्रष्ट नहुने लामिछानेले बताए । लामिछानेले उपनिर्वाचन हुने तिन वटै क्षेत्रमा रास्वपाका उम्मेदबारहरु विजयी हुने दाबी गरे ।

सो कार्यक्रममा तनहुँ १ का उम्मेदबार स्वर्णिम वाग्लेले तनहँुँका जनताको समृद्धीको लागि आफुले काम गर्ने बताए । उनले तनहुँका जनताले गर्व गर्ने जनप्रतितिधि बन्ने दावी समेत गरे ।
रास्वपाले विहिबार तनहुँको बरादी, तुरतुरे बाइसजाँगर लगायतका क्षेत्रहरुमा कोणसभा र मतदाता भेटघाट कार्यक्रम आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता