रास्वपालाई समर्थन गर्ने निर्णय भएको छैनः जोशी

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत ३०

नेपाली काँग्रेसको जोशी समुहले तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गर्ने निर्णय नभएको बताएको छ । जोशी समुहका नेता दिपकराज जोशीले हालसम्म कुनै पनि उम्मेदबारलाई समर्थन गर्ने निर्णय नभएको बताए । तर नेपाली काँग्रेससँग भने वार्ताको सम्भावना अब टरेको हुँदा आफ्नो समर्थन काँग्रेसका उम्मेदबारले नपाउने जोशीले बताए ।

विहिबार गोविन्दराज जोशी र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने विच वार्ता भएको भन्ने समाचार झुट रहेको दिपकले बताए । ‘रवि लामिछानेसँग व्यक्तिगत रुपमा अमेरिकादेखी चिनजान भएको र सो समाज रुपान्तरणगर्नको लागि मिलेर केही गर्न पर्छ भनेर उहाँ राजनीतिमा आउनु अगाडीदेखी नै छलफल हुँदै आएको छ । स्वर्णिम वाग्ले लगायत थुप्रै बुढानिलकन्ठ स्कुलमा पढेकाहरु मेरो साथी भएको हुँदा सहयोगको लागि हाम्रो विचमा धेरै पटक छलफल भएको छ ।’ दिपकले भनेका छन् ‘अहिले पनि हाम्रो भेटमा उहाँहरुले सहयोगको अपेक्षा राख्नुहुन्छ । जोशी समुहसँग राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको हैसियतले कुराकानी गरेको छैन । जोशी समुहको अडान हामिले निकालिएको वक्तव्यमा प्रष्ट उल्लेखित छ ।’

यद्यपी २१ औं सताब्दीको चुनौतीलाई सामना गर्न सक्ने सक्षम, बौद्धिक र तनहुँको प्रतिष्ठालाई राष्ट्रिय राजनीतिमा कायम राख्न सक्ने योग्य उम्मेदबारलाई तनहुँ क्षेत्र नम्बर १ ले बिजयी गराउने जोशीले बताए । जोशीको उक्त भनाईलाई अधिकांशले रास्वपाका उम्मेदबार डा. स्वर्णिम वाग्लेलाई समर्थन गर्ने बुझिएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण