नयाँ वर्षको शुभकामना दिँदै ओलीले भने–‘खनाल, न्यौपाने र पौडेललाई स्वागतको पखाईमा छु’

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत ३०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ वर्षमा तनहूँ–१ बाट सवेन्द्र खनाल, चितवन–२ बाट रामप्रसाद न्यौपाने र बारा–२ बाट पुरुषोत्तम पौडेललाई संसदमा स्वागत गर्ने पर्खाइमा रहेको बताएका छन् । नयाँ वर्ष २०८० को शुभकामना दिँदै अध्यक्ष ओलीले सामाजिक सन्जाल मार्फत ‘बैशाख १० गतेको उपचुनावपछि तपाईंहरुलाई संसदमा स्वागत गर्ने पर्खाइमा छु ।’ भनेका छन् ।

एमालेका तिन उम्मेदबारको फोटो राख्दै अध्यक्ष ओलीले नयाँ वर्षमा उहाँहरुलाई नयाँ भुमिकाकोलागि शुभकामना दिएका छन् । अध्यक्ष ओली चुनावी सभाको लागि यही बैशाख ५ गते तनहुँको दमौली र डुम्रेमा आउने भएका छन् । तनहुँ १ सहित चितवन २ र बारा २ मा आगामी बैशाख १० गते उपनिर्वाचन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता