भारी मतले चुनाव जित्छुः एमाले उम्मेदबार खनाल

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत ३०

तनहुँ क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदबार सर्वेन्द्र खनालले आफुले भारी मतले चुनाव जित्ने दावी गरेका छन् । बिहिबार भानुका विभिन्न वडामा चुनावी अभियान तथा प्रचार प्रसारको कार्यक्रममा बोल्दै खनालले आफुले चुनाव जित्ने ग्यारेन्टि भएको बताएका हुन् ।

‘म यस्तो, यति भोटले चुनाव जित्छु भन्ने अनुमान गर्दिनँ, आफ्ना योजनाहरु राख्दै आएको छु । गर्नुपर्ने कामहरु सम्प्रेषित गरेको छु । धेरै अंकले जित्छु भन्ने लाग्छ, यतिउति भन्ने छैन ।’ खनालले भने ‘जनताको उत्साहपूर्वक सहभागिता भएको छ, विवेकी मतदाता हुनुहुन्छ, पक्कै पूरा गरिदिनुहुन्छ भन्ने विश्वास लिएको छु ।’

‘कृषिजन्य उपजको हिसाबले, यहाँ प्रकृतिक स्रोत साधन पनि राम्रो छ । तर, प्रयोग गरिएको छैन । यसले गर्दा स्वास्थ्य, शिक्षा, यातायात, मल, सिँचाइका समस्या छन् । बेसिक रिक्वायरमेन्ट पूरा नभएको अवस्थामा छ । यसले गर्दा पर्यटकीय क्षेत्र, व्यापारका क्षेत्रमा यसलाई प्रमोट हुन सकेको छैन । कोरिडोरको रुपमा स्थापना गर्ने क्रममा बिजनेसहरुका समस्या छन् । युवाहरुका लागि फुटबल खेल्ने ग्राउण्ड छैन ।’ खनालले भने ‘महिलाहरुले पाउने सामाजिक न्यायका कुरा छन् । राजधानीबाट नजिक भएको जिल्लाबाट निर्वाचित भएर गएपछि विभिन्न निकायबाट समन्वय गर्नुपर्छ र विकासमा जोड दिनुपर्छ भन्ने हो । यसका लागि म तयार छु, दृढ संकल्प पनि छ ।’

आफ्नो उद्देश्य पनि सधैँ राम्रो काम गर्ने, देशका लागि राम्रो गर्ने नै भएको भन्दै खनालले तनहुँका मतदाताहरु विवेकी हुनुहुन्छ र उपयुक्त उम्मेदवारको रुपमा मलाई लिनुभएको छ भन्ने मेरो विश्वास लिएको बताए । यो क्षेत्रमा मैले विगतमा गरेको कामले पनि राम्रो गर्छ भन्ने मतदातामा विश्वास रहेको खनालले बताए । ‘यसअघि चुनाव जितेर गएकासँग तिक्तता पनि रहेछ । जितेर गएपछि उम्मेदवार फर्केर आएनन् भन्ने गुनासो सुनेँ । मलाई गर्ने रेस्पोन्स राम्रो भए पनि स्थानीय समस्या धेरै छन् । ती समस्यालाई समाधान गरिदियोस् भन्ने नै उहाँहरुको चाहना, अपेक्षा हुन् ।’

विगतको रेकर्ड राम्रो भएका कारणले पनि मलाई तनहुँबासीले सहजै स्विकार गर्ने खनालले बताए । ‘प्रहरीमा हुँदा देश र नागरिकका लागि खटेँ, लडेँ, त्यो कुरा त देख्नुभएको छ ।’ उनले भने ‘अब सांसद भएर पनि केही स्वार्थ नराखी सुशासनका पक्षमा, भ्रष्टाचार र अनियमितता विरुद्ध दरिलो उपस्थिति गरिदिए हुन्थ्यो भन्ने भावना पाएँ । यी सबै अपेक्षाले पनि देखाउँछ परिणाम कस्तो हुन्छ आउँला भनेर ।’
‘अरुभन्दा फरक भनेको मैले हिजो प्रहरीमा हुँदा गरेका काम नै हुन्, प्रहरी हुँदै गर्दा जहाँ सुरक्षा त्यहीँ दीगो विकास भन्ने कन्सेप्ट सुरु गरेको थिएँ । विकास र सुरक्षा एक अर्कोका सारथि हुन् । यसलाई संस्थागत रुपमै अगाडि बढाउनुपर्छ ।’ उनले भने ‘कतिपय कुरामा योजनाका साथ अगाडि बढ्नुपर्छ र कार्यान्वयनलाई दृढताका साथ लैजानुपर्छ । राम्रा कुरा त देखिन्छन् । तर, यसलाई कार्यान्वयन गर्दा क्षमताको अभाव हुँदा आज समस्या भएको हो । भ्रष्टाचार गर्नुहुँदैन भन्ने त लेखिन्छ तर यहीँभित्र पनि त्यस्ता काम भइरहेको हुन्छ ।’

चुनावी अभियानमा नेकपा एमाले केन्द्रीय सदस्य भगवती न्यौपाने, केन्द्रीय सल्लाहाकार एकबहादुर राना, प्रदेश कमिटिका सचिवालय सदस्य केदार सिग्देल लगायतले राष्ट्र र राष्ट्रियता बचाउन एमालेको उम्मेदबारलाई जिताउनु पर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मध्यनेपाल महोत्सव सम्पन्न, ४० हजार दर्शक, १ करोडको आर्थिक कारोबार

दमौली, माघ ५ नेपालको मध्यभागमा रहेको लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–४ स्थित दुईपिप्लेमा आयोजित ‘प्रथम मध्यनेपाल

देवघाट महा–महोत्सव बिथोल्न खोज्नेलाई बिजयकृष्ण मुर्तीको चेतावनीः ‘कसैले अवरोध गर्न खोजे देवघाटमा हिन्दु सेना उतार्छौ’

देवघाट, माघ ५ पशुपतीनाथ परिसरमा गत साउन महिनामा एक महिने कोटीहोम लगाएर चर्चामा आएका बालयोगेश्वर