सँधै जनताको हितमा नै काम गर्छौः देवघाट गाउँपालिका अध्यक्ष थापा

Devghat Online

शेयर गरौ

सफल शर्मा, देवघाट अनलाइन
देवघाट, चैत ३०

देवघाट गाउँपालिकका अध्यक्ष तिलबहादुर थापाले आफुले सँधै गाउँपालिकाको हितमा नै काम गर्दै आएको बताएका छन् । नयाँ वर्ष २०८० को पुर्व सन्ध्यामा देवघाट अनलाइनसँग कुरा गर्दै अध्यक्ष थापाले सिंगो गाउँपालिका देवघाटका जनताको हितको पक्षमा रहने बताए ।

गाउँ पालिकाको वर्तमान पदाधिकारीको टिमले यस अघिको जनप्रतिनिधिले भन्दा दोब्बर आन्तरिक कर संकलन गरेको भन्दै अध्यक्ष थापाले उक्त कर सबै जनताको हितमा नै लगाउने बताए । कसैलाई पनि अबैध काम गर्ने छुट दिएका छैनौ भन्दै अध्यक्ष थापाले कुनै अबैध सम्झौता नगरेको र सबै कमिसनको खेल बन्द गरिएको बताए ।

तर जति राम्रो काम गरेपनि केहि व्यक्तिले सँधै बिरोध गर्ने र दुख दिने काम गरेको अध्यक्ष थापाको गुनासो छ । सायद कमिसनको खेल बन्द गरेको कारण आफुहरुलाई विरोध गरेर काम गर्न अप्ठ्यारो पारेको हुनसक्ने उनले बताए ।

अध्यक्ष थापाले नयाँ वर्ष २०८० ले सबै गाउँपालिकाबासीमा शुख शान्ति र समृद्धीको शुभकामना समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण