सेनाको गोरखा–जितगढि पदयात्रा टोलीलाई घिरिङमा स्वागत

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, बैशाख २

नेपाली सेनाको ‘प्रथम ऐतिहासिक गोरखा देखि जितगढि पदयात्रा टोलीलाई शनिबार बिहान घिरिङमा भव्य स्वागत गरियो । सो पदयात्रा टोलीलाई वडा नम्बर ५ को देउरालीमा घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले स्वागत गरेका थिए ।

पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा गोर्खा देखि रुपन्देहीको जितगढि जाने क्रममा घिरिङको बाटो हुँदै पैदल यात्रा गरेको थिए । सोही स्मरणलाई सम्मान गर्दै पद यात्राको टोलीलाई स्वागत तथा सम्मान गरिएको अध्यक्ष थापाले बताए । नेपाल एकिकरणको ईतिहांसलाई पुनर्ताजगी गराउने र पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले नेपाली सेनाले ‘प्रथम ऐतिहासिक गोरखा देखि जितगढि पदयात्रा कार्यक्रम’ २०७९ आयोजना गरेको हो ।

नेपाल एकीकरणको दौरान प्रयोग भएका मार्गलाई समेटेर नेपाली सेनाले पदयात्रा शुरु गरेको हो । नेपालको राष्ट्रिय झण्डाको साथमा नेपाल एकिकरणको क्रममा स्थापना भएका ५ प्रथम कम्पनी (श्रीनाथ, कालिबक्स, बर्दवाणी, सबुज, पुरानो गोरख) र जितगढी लडाईमा सहभागी गुरुबक्स गुल्मको झण्डा बोकेर बाजागाजा सहित सेनाको टोली यात्रामा निस्किएको हो ।

गोरखाबाट सुरु भएको सो पदयात्रा टोलीले तनहुँको सिमाना सतीघाटमा तनहुँको टोलीलाई झन्डा हस्तान्तरण गरेको थियो । त्यस्तै तनहुँको टोलीले केलादीघाट पुगेर पाल्पालाई र पाल्पाले नुवाकोटगढी पुगेर रुपेन्देहीलाई झन्डा हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । रुपन्देहीको टोलीले बैशाख ७ गते रुपन्देहीको जितगढी पु¥याएपछि यात्रा सम्पन्न हुने छ । बुटवल उपमहानगरपालिकाको सहकार्यमा नेपाली सेनाले पुननिर्माण गरेको ऐतिहासिक जितगढीमा बैशाख ७ गते प्रधान सेनापतीबाट बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेपछि गोरखा–जितगढी पदयात्रालाई समापन हुनेछ ।

पद यात्रामा गोरखाको रिपुमर्दन गण, तनहूँको भैरव दल गण, काली भञ्जन गण, राजदल गण, स्याङजाको समरजीत गुल्म, पाल्पाको दि फेमस महिन्द्र दल गण र रुपन्देहीको गरुड दल गण प्रत्यक्ष सहभागी हुने छन् । गोरखादेखि जितगढीसम्म करिव २०७ किलोमिटर दूरीको पदयात्रा हुने बताइएको छ ।

नेपाल एकीकरणको दौरान प्रयोग भएका पदमार्गको प्रचार प्रसार एवं संरक्षणका लागी पदयात्रा शुरु गरिएको हो । विगत पाँच बर्षदेखि नेपाली सेनाको अगुवाईमा गोरखा काठमाण्डौ एकीकरण मार्गमा पदयात्रा हुदै आएकोमा अवदेखी गोरखा–जितगढी यात्राले पनि हरेक बर्ष निरन्तरता पाउने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण