सँधै जनताको हितमा नै काम गर्छौः देवघाट गाउँपालिका अध्यक्ष थापा

Devghat Online

शेयर गरौ

सफल शर्मा, देवघाट अनलाइन
देवघाट, चैत ३०

देवघाट गाउँपालिकका अध्यक्ष तिलबहादुर थापाले आफुले सँधै गाउँपालिकाको हितमा नै काम गर्दै आएको बताएका छन् । नयाँ वर्ष २०८० को पुर्व सन्ध्यामा देवघाट अनलाइनसँग कुरा गर्दै अध्यक्ष थापाले सिंगो गाउँपालिका देवघाटका जनताको हितको पक्षमा रहने बताए ।

गाउँ पालिकाको वर्तमान पदाधिकारीको टिमले यस अघिको जनप्रतिनिधिले भन्दा दोब्बर आन्तरिक कर संकलन गरेको भन्दै अध्यक्ष थापाले उक्त कर सबै जनताको हितमा नै लगाउने बताए । कसैलाई पनि अबैध काम गर्ने छुट दिएका छैनौ भन्दै अध्यक्ष थापाले कुनै अबैध सम्झौता नगरेको र सबै कमिसनको खेल बन्द गरिएको बताए ।

तर जति राम्रो काम गरेपनि केहि व्यक्तिले सँधै बिरोध गर्ने र दुख दिने काम गरेको अध्यक्ष थापाको गुनासो छ । सायद कमिसनको खेल बन्द गरेको कारण आफुहरुलाई विरोध गरेर काम गर्न अप्ठ्यारो पारेको हुनसक्ने उनले बताए ।

अध्यक्ष थापाले नयाँ वर्ष २०८० ले सबै गाउँपालिकाबासीमा शुख शान्ति र समृद्धीको शुभकामना समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा राप्रपा अध्यक्ष लिङदेनः नेपाललाई हिन्दु राष्ट्र बनाएरै छाड्छौ

देवघाट, माघ २२ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाललाई हिन्दु राज्य बनाएरै छाड्ने बताएका