घिरिङका मृगौला पिडित र क्यान्सर पीडित लाई आर्थिक सहयोग

Devghat Online

शेयर गरौ

अन्जान परियार, घिरिङ
बैशाख २

घिरिङ गाउँपालिका–२ भोरकोटका मृगौला पिडित लिल बहादुर राना र घिरिङ गाउँपालिका–२ महारकोटका क्यान्सर पिडित गोरी मायाँ थापालाई भिमाद नगरपालिका–६ शान्तिनगर घर भई हाल बिदेशा रहेका अर्पन सिर्जन घलेले आर्थिक सहयोग गरेका छन् ।

बिदेशमा रहेर पनि गम्भीर किसिमका बिरिमीहरुलाई सहयोग गर्दै आइरहेका समाजसेवी घलेले रोगसँग लडेर छट्पटाई रहेका घिरिङका ती दुई पीडितहरुको सामाजिक सन्जालमा सहयोग अपिल देखे पछि नयाँ बर्ष २०८० को अबसर पारेर सहयोग गरेको बताए ।

उनले दुबै जना पिडितलाई ५ हजार ५५ रुपैयाँको को दरले जम्मा १० हजार एक सय १० रुपैयाँ सहयोग गरेका हुन् । घिरिङ गाउँपालिकाका प्रेस सल्लाहकार अन्जान परियार मार्फत उक्त आर्थिक सहयोग गरेका हुन् । सामाजिक सन्जालबाट राजनीतिक, सामाजिक बिषयमा विश्लेषण गर्दै आएका घले दलित अभियान्ता समेत हुन् । घले बिभिन्न संघ संस्थामा आबद्ध समेत छन् ।

बिगत दुई महिना देखि मृगौलाको समस्याले ग्रसित राना हाल पोखराको आस्था क्लिनिकमा डाइलासिस गराईरहेको पारिवारिक स्रोतले बताएको छ । आर्थिक अभावको कारण उनको मृगौला प्रत्यारोपण गर्न नसकिएको परिवारका सदस्यले जनाएका छन् । यस्तै क्यान्सर पिडित गोरीमाया पनि भरतपुर क्यान्सर हस्पिटलमा उपचाररत छन् । उनिहरु दुबै जनालाई देश तथा बिदेश बाट सहयोग आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण