देवघाटको बगन्दीबासीको पिडाः व्यवस्था फेरियो, अवस्था फेरिएन (तश्विरहरु)

Devghat Online

शेयर गरौ

बजार झर्न दैनिक पाँच घन्टा हिड्न बाध्य

देवघाट अनलाइन
देवघाट बैशाख ८

उपचुनावको माहौलले तनहुँ क्षेत्र नम्बर १ लाई छोपिपसेकको छ । शुक्रबार विहानबाट त मौन अवधि नै सुरु भईसकेको छ । अव मतदान आगामी आईतबार बिहान ७ बजेदेखी हुनेछ । अहिले चुनावको मौन अवधि सुरु भएपनि चुनावी प्रचारको माहौलमा विभिन्न पार्टीका उम्मेदबार र कार्यकर्ताहरु देवघाट गाउँपालिकाको वडा नम्बर ५ को बगन्दी गाउँमा पुगे । बजार झर्न दैनिक पाँच घन्टा हिड्न बाध्य गाउँलेहरुको पिडामा एक दिन भएपनि दलका कार्यकर्ता र उम्मेदबारहरुले पनि शेयर गरे ।

चुनाव प्रचारकोलागि पहिलो पटक उक्त गाउँमा पुगेका एक कार्यकर्ताले भने– ‘ओ हो ! यहाँ अझैसम्म पनि मोटरबाटो आईपुगको रैनछ’ उनीसँगै पुगेका अन्यले भने ‘अव हाम्रो पार्टीलाई जिताउनुस् मोटर चल्ने बाटो बनाउँछौं ।’ तर बगन्दीका मतदाताले यस्तो आश्वासन यस अघिका धेरै चुनावमा पनि सुने, कार्यान्वयन भएको देख्न पाएनन् ।

देवघाट–५ को चौकीडाँडा सामुदायिक वन समुहका उपाध्यक्ष अर्जुन मगर भन्छन् ‘हामीले भोट हालेर व्यवस्था बदलियो, नेता बदलिए तर यहाँका जनताको अवस्था बदलिएन ।’ उक्त बगन्दी गाउँको यात्रा गर्दा जो कसैले पनि यहाँका जनताको अवस्था सहजै महशुस गर्न सक्छन् । यहाँका जनताले अहिलेसम्म जुन दुःख भोगेका छन्, त्यो साँच्चिकै सवैले महशुस गर्नु पर्ने अवस्था छ भन्छन् अर्जुन मगर ।

अहिलेसम्म पनि सडक सुविधा पुग्न नसक्नु भनेको यहाँका जनतामाथिको घोर अपमान भन्छिन् सोही ठाउँ घर भएकी वडा नम्बर ५ की वडा सदस्य कमला गुरुङ । आफुले पटक पटक गाउँ सभामा उक्त गाउँ जाने बाटो बनाउन प्रसस्त बजेट बिनियोजन गर्न माग गरेपनि कसैले नसुनेको कमलाले बताईन् ।

अन्य बेलामा जसोतसो पाँच घन्टा हिडेर बजार र गाउँपालिकाको केन्द्र आउन सकिनएपनि बिरामी, बृद्धबृद्धा, बालबालिका, सुत्केरी र अपाङ्ग तथा अशक्तहरुलाई भने बजार झर्न माहाभारत नै हुने गरेको कमलाले बताईन् । दैनिक उपभोग्य खाद्यान्न सामाग्री तथा निर्माण सामाग्रीहरु पाँच घन्टा उकालो चढेर लैजानु परेको गाउँलेहरुको भनाई छ ।

उक्त गाउँमा मोटरबाटो मात्रै हैन, विद्युत सेवा पनि पुगेको छैन । गाउँ अझै अन्धकार नै छ । केही हुने खानेले घरमा सोलार बत्ति जोडेको भएपनि अधिकांश घरमा टुकी बत्ति नै बाल्नु परेको छ । ‘धेरैलाई हामीले भोट हालेर जितायौं तर हाम्रो अवस्था जहाँ को तँही छ’ मगरले भने ‘यसपटक पनि उम्मेदबारहरु आएर आश्वासनका पोका बाँडेर गए, अव अर्काे चुनाव नभई कोही आउँदैनन ।’

उक्त गाउँमा मोटरबाटोको लागि कत्तिपनि रकम बिनियोजन नभएको भने हैन । २०७४ मा निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठले मोटरबाटोको ट्रयाक खोल्न २० लाख रुपैयाँ र वडा नम्बर ५ का वडा अध्यक्ष यालवाहादुर गुरुङले ९ लाख गरि २९ लाख रुपैयाँ विनियोजन गरेका थिए । तर उक्त बजेट कनिका जस्तै भयो । उक्त बजेटले पुरै बाटो खन्न सकिएन, त्यसपछि थप बजेट नआउँदा मोटर गाडी सन्चानल गर्न नसकिएपछि बाटो पहिरिने समस्याले खोलिएको आधा खोलिएको ट्रयाक पनि अवरुद्ध भयो ।

गाउँपालिकाले प्रत्येक वर्ष बजेट विनियोजन गरेर मोटर सन्चालन गर्न सकेको भए बाटोको संरंक्षण हुने र त्यसले गाउँलेहरुलाई राहत पुग्ने थियो तर बाटो बजेट अभावमा संरक्षण नहुँदा खनेको बाटो पनि भत्किएर मान्छे हिड्न मै समस्या भएको वडा सदस्य गुरुङले बताईन् ।
तश्विरहरुः विष्णु पाण्डे र विष्णु मगर

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट सार्वजानिक पुस्तकालयलाई मैयादेवी ट्रष्टको १ लाख १० हजार सहयोग

देवघाट, मंसिर २५ देवघाट गाउँपालिका–५ मा निर्माणाधिन देवघाट सार्वजानिक पुस्तकालय निर्माणकोलागि चितवन स्थित मैयादेवी ट्रष्टले

जिल्ला सभागृह सन्चालनको जिम्मेबारी व्यास नरपालिकाले लिने

दमौली, मंसिर २३ जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जिल्ला सभागृहको सन्चालनको जिम्मेबारी व्यास नगरपालिकाले लिने