इस्लाम धर्मावलम्वीले आज इदुलफित्र पर्व मनाउँदै

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, बैशाख ९

इस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ आज मनाइँदैछ । यो पर्वका लागि मुस्लिम समुदाय एक महिना ब्रत बसेका थिए । जसलाई ‘रोजा’ भनिन्छ ।

एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुसलमान दिनमा निराहार बस्छन् । बिहानको समय ३स्२० मिनेटमा ‘सेहरी’ हलुका खानेकुरा खाएर दिनभर निराहर बस्ने ब्रतालु सूर्यास्त भएपछि ‘एफतार’ मिठो खानेकुरा खाएर रोजा खोल्ने चलन रहेको छ ।

रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।

दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो ।

रमजान महिना मुसलमानका लागि निकै महत्वपूर्ण एवं पवित्र हो र यसमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुने गर्दछ । इदुलफित्र मनाउनका लागि ‘इदगाह’ वा ‘मस्जिद’ मा भेला भएर सामूहिकरूपमा नमाज पढ्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मन्त्री लम्सालले दिए विवादास्पद अभिव्यक्तिः ‘जनताको काम नगरे मेयर र प्रदेश मन्त्रीलाई पनि कारबाही गर्छौँ’

तनहुँ । असार २१ काम नगरे ठेकेदारको खुट्टा भाच्ने अभिव्यक्ति दिएका पुर्वधार विकास मन्त्री शुनिल

घिरिङले कृषि यान्त्रिकरणको कार्यक्रम सन्चालन गर्ने, सोमबार कृषि उपकरण वितरण गरिने

तनहुँ । असार २१ घिरिङ गाउँपालिकाले कृषिको उत्पादन लागत घटाउने तथा उत्पादकत्व वृद्धि गर्ने लक्ष्यसहित