उम्मेदबारहरुद्वारा चुनाव खर्च सार्वजानिक

Devghat Online

शेयर गरौ

दमौली, बैशाख १२

गत मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा उम्मेदबार बनेकाहरुले चुनाव खर्च सार्वजानिक गरेका छन् । निर्वाचन आयोगलाई बुझाएको चुनाव खर्च उम्मेदबारहरुले सामाजिक सन्जाल मार्फत सार्वजानिक गरेका छन् ।

नेकपा एमालेको तर्फबाट तनहुँ क्षेत्र नम्बर १ का उम्मेदबार एकबहादुर रानाले १४ लाख ३१ हजार रुपैयाँ खर्च भएको सार्वजानिक गरेका छन् । रानाले मतदाता नामावली खरिमा ३१ हजार ८ सय, प्रचार प्रसारमा २ लाख, खाना खाजामा ६१ हजार, सवारी साधनमा २ लाख ५० हजार तथा कार्यालय सन्चालन र प्रतिनिधि परिचालनमा ८ लाख ८५ हजार रुपैयाँ खर्च गरेका छन् ।

त्यसैगरि तनहुँ क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट उम्मेदबार बनेका किरण गुरुङले १५ लाख ९४ हजार १०२ रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगमा बुझाएका छन् । गुरुङले सवारी साधानमा ३ लाख ३६ हजार, सभा, गोष्ठि र अन्तरक्रियामा खानामा २ लाख ६८ हजार, प्रचार प्रसार सामाग्री छपाईमा १ लाख ७१ हजार, व्यानर र झन्डा छपाईमा १ लाख १४ हजार, अन्य प्रचार प्रसारमा ३ लाख ६४ हजार ७ सय, कार्यालय सन्चालनमा ६० हजार, सन्चार माध्यममा प्रचार प्रसारमा २ लाख १२ हजार र विविधमा ६७ हजार खर्च भएको विवरण सार्वजानिक गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो