तनहुँबासीको भरोसा डग्मगाउन दिन्नः नवनिर्वाचित सांसद वाग्ले

Devghat Online

शेयर गरौ

दमौली, बैशाख १२

तनहुँ क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सांसद डा. स्वर्णिम वाग्लेले तनहुँबासीको भरोसा डगमगाउन नदिने बताएका छन् । उपनिर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएपछि सामाजिक सन्जाल फेसबुक मार्फत मतदातालाई धन्यवाद दिँदै वाग्लेले तनहुँ–१ का मतदाताले आफु प्रति प्रकट प्रत्येक मतको मूल्य, महत्व र आफुले खेल्नु पर्ने भूमिका प्रति अति नै सजग रहने बताएका छन् ।

सांसद वाग्लेले यी मतहरू तनहुँ क्षेत्र नम्बर १ हुँदै समग्र मुलुककै मुहार फेर्नका लागि प्रदान गरेको भन्ने बुझेको बताएका छन् ।
वाग्लेले भनेका छन् ‘सम्पूर्ण मतदाताहरूले मलाई र हाम्रो पार्टी प्रति देखाउनु भएको अपार स्नेह, विश्वास र भरोसा प्रति म सदैब ऋणी हुनेछु ।

यस क्षेत्र बाहेकका देशका सम्पूर्ण सचेत नागरिकहरू जस्ले प्रत्यक्ष अप्रत्यक्षरूपमा आ–आफ्नो स्थानबाट गर्नु भएको सहयोग र प्रेरणाका लागि धन्यवाद । विदेशमा रहनुभएका सम्पूर्ण देशप्रेमी जनसमुदायहरू जस्ले आफ्नो मातृभूमिको विकाशका लागि आशा सञ्चार प्रवाह गर्ने विश्वासका साथ मलाई देखाउनु भएको सद्भाव र सहयोग प्रति धन्यवाद । ’

‘यहाँहरूले म प्रति प्रकट गर्नु भएको र मतदान गर्नु भएको प्रत्येक मतको मूल्य, महत्त्व र मैले खेल्नु पर्ने भूमिका प्रति म अति नै सजग रहने छु र तपाईँहरूको भरोसालाई म कुनै पनि डगमग हुन दिने छैन भन्ने विश्वास पनि दिलाउन चाहन्छु । यी मतहरू तपाईँहरूले मलाई भन्दा पनि तनहुँ क्षेत्र नं. १ हुँदै समग्र मुलुककै मुहार फेर्नका लागि प्रदान गर्नु भएको हो भन्ने आसयका साथ मैले बुझेको छु ।’ वाग्लेले भनेका छन् ।

‘देशका अन्य पार्टीका नेतागण कार्यकर्ता र मतदाताहरूमा लोकतन्त्रको उच्चतम अभ्यासमा सहभागी भई जीतहारको प्रक्रियालाई स्वभाविक रूपमा लिई आगामी दिन हातेमालो गर्दै अघि बढ्ने र तनहुँ हुँदै सम्पूर्ण मुलुककै अर्थतन्त्र उकास्न सहयोग हुने अपेक्षा लिँदै यस निर्वाचनका दौरान भएका सम्पूर्ण गतिविधिलाई सामान्य रूपमा लिन समेत अनुरोध गर्दै धन्यवाद व्यक्त गर्दछु । चुनावी प्रचार प्रसारका क्रममा गरिएका वाचालाई लिपिवद्ध गरि यहाँका स्थानीय र प्रदेश सरकारका जन प्रतिनिधिहरू लगायत यहाँहरूसँगको नियमित सम्पर्क र अर्न्तक्रिया मार्फत योजनाहरू अघि बढाउने छु ।’ वाग्लेले भनेका छन् ।

यसैगरि वाग्लेले देशको राजनीतिक अभ्यास, आर्थिक शिथिलता र युवाहरुको नैराश्यतालाई एकैसाथ चिर्नुपर्ने अवस्था आएकोले चुनौति पनि उत्तिकै रहेको बताएका छन् । बिजयीको प्रमाणपत्र लिएपछि दमौलीमा आयोजित धन्यवाद ¥यालीलाई सम्बोधन गर्दै वाग्लेले राजनीतिक सही ट्रयाकमा छैन् दुषित र बिकृति बन्दै गएको हुँदा राजनीतिलाई सङ्ल्याएर देशको अर्थतन्त्रलाई माथि उकास्नुपर्ने बताए ।

एक व्यक्तिको प्रयासले मात्रै देशको विकासमा कायपलट गर्न नसकिने उल्लेख गर्दै यसका लागि सबै राजनीतिक दलहरु एकै स्थानमा रहेर जिम्मेवारका साथ काम गर्नुपर्ने समय आएको वाग्लेले बताए । रास्वपाले छ महिनाको अवधिमा राष्ट्रिय पार्टी बन्न सकेको चर्चा गर्दै यसले राजनीति क्षेत्रमा एक किसिमको झिल्को दिएको र यसले पराम्परागत दलहरुलाई पनि सुध्रिन बाध्य बनाएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट सार्वजानिक पुस्तकालयलाई मैयादेवी ट्रष्टको १ लाख १० हजार सहयोग

देवघाट, मंसिर २५ देवघाट गाउँपालिका–५ मा निर्माणाधिन देवघाट सार्वजानिक पुस्तकालय निर्माणकोलागि चितवन स्थित मैयादेवी ट्रष्टले

जिल्ला सभागृह सन्चालनको जिम्मेबारी व्यास नरपालिकाले लिने

दमौली, मंसिर २३ जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जिल्ला सभागृहको सन्चालनको जिम्मेबारी व्यास नगरपालिकाले लिने