देवघाटले पनि दिन थाल्यो श्रम स्विकृती

Devghat Online

शेयर गरौ

देवघाट, बैशाख १४

तनहुँको देवघाट गाउँपालिकाले पुनः श्रम स्वीकृति दिने प्रक्रिया सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार गाउँपालिकाबाट नै यो व्यवस्था सुरु भएको गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द शर्मा पौडेलका अनुसार मन्त्रालयको परिपत्र अनुसारनै श्रम स्विकृती दिने काम सुरु गरिएको हो । वैदेशिक रोजगारमा जाने युवायुवतीले यसअघि पोखरा वा काठमाडौँ गएर यस्तो स्वीकृति लिनुपर्ने बाध्यता रहेकामा अब गाउँघरमै रहेका स्थानीय सरकारमार्फत उक्त सेवा पाउने पौडेलले बताए ।

श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसासम्बन्धी कागजात लिएर आउनुपर्ने हुन्छ । साथै बैंक खाता विवरण र पारिवारिक विवरण पनि लिएर आउनु पर्ने हुन्छ । सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले सो सम्बन्धी स्वीकृतिका लागि आवश्यक सहजीकरण गरिदिने पौडेलले बताए ।

वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, भरपर्दो र पारदर्शी बनाउने साथै सेवाग्राहीलाई स्थानीय तहबाटै सेवा दिने मन्त्रालयको अनुमतिपश्चात् वैदेशिक रोजगारमा संलग्न हुने व्यक्तिले व्यक्तिगत र पुनः श्रम स्वीकृतिका लागि रोजगार केन्द्रमा सम्पर्क गर्न सकिने निमित्त प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए ।

वैदेशिक रोजगारीमा जानेका लागि व्यक्तिगत श्रम स्वीकृति र बिदामा आएकाहरूका लागि श्रम स्वीकृति नवीकरणको आवेदन पालिकाहरूले लिन थालेका छन् । सात सय ५३ वटै पालिकामा रहेका रोजगार सेवा केन्द्रहरूले यही वैशाख १ गतेदेखि नै श्रम स्वीकृतिको आवेदन भरिदिन थालेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

अनलाइनबाटै श्रम स्वीकृतिको आवेदन दिन पर्ने र श्रम स्वीकृति पनि अनलाइनमार्फत नै पाइने व्यवस्था लागू भए पनि अनलाइन प्रणालीकै नाममा बिचौलियाहरूले ठगी गर्न थालेपछि त्यसको अन्त्यका लागि यस्तो व्यवस्था लागू गरिएको श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए ।

पालिकाहरूमा रहेका रोजगार सेवा केन्द्रले निःशुल्क अनलाइनमार्फत श्रम स्वीकृतिको आवेदन भरिदिन्छन् । राहदानी, करार सम्झौता, भिसा लगायतका कागजपत्रसहित आफ्नो पालिकामा रहेको रोजगार सेवा केन्द्रमा गएपछि श्रम स्वीकृतिको आवेदन दिन पाइन्छ । श्रम स्वीकृति लिनकै लागि काठमाण्डौ धाउने वा श्रम तथा रोजगार कार्यालयमा गएर लाइन लाग्नु पर्दैन ।

‘वैदेशिक रोजगारीमा जाने नेपाली दाजुभाइ दिदीबहिनीलाई सेवा लिन अप्ठेरो र झन्झट भयो, टाढा जानु प¥यो भन्ने गुनासोका साथै श्रम स्वीकृति लिनकै लागि ठगिएको गुनासो हामीले पाइरहेका थियौँ’ श्रम सचिव अर्यालले भने ‘त्यस्तो ठगी र असहजताको अन्त्यका लागि यो व्यवस्था गरिएको हो, बिस्तारै वैदेशिक रोजगारी सम्बन्धी सबै कामहरु पालिकाबाटै हुने गरीको व्यवस्था गर्छौँ ।’

रोजगार सेवा केन्द्रमा कार्यरत रोजगार संयोजक, रोजगार सहायक लगायत कर्मचारीलाई कसरी श्रम स्वीकृतिको सेवा प्रदान गर्ने भनेर तालिम पनि दिइसहेको सचिव अर्यालले बताए । अनलाइनमार्फत नै वैदेशिक रोजगार कार्यालय काठमाण्डौ र सातै प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयले प्रदान गर्दै आएको श्रम स्वीकृतिको आवेदन रोजगार सेवा केन्द्रमार्फत नै दिन मिल्ने गरी गएको चैत २६ गते मन्त्रीस्तरीय निर्णय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट सार्वजानिक पुस्तकालयलाई मैयादेवी ट्रष्टको १ लाख १० हजार सहयोग

देवघाट, मंसिर २५ देवघाट गाउँपालिका–५ मा निर्माणाधिन देवघाट सार्वजानिक पुस्तकालय निर्माणकोलागि चितवन स्थित मैयादेवी ट्रष्टले

जिल्ला सभागृह सन्चालनको जिम्मेबारी व्यास नरपालिकाले लिने

दमौली, मंसिर २३ जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जिल्ला सभागृहको सन्चालनको जिम्मेबारी व्यास नगरपालिकाले लिने