नदीजन्य सामाग्रीको ठेक्का सम्झौता सार्वजानिक गर्न एमाले देवघाटको माग

Devghat Online

शेयर गरौ

देवघाट, बैशाख १४

यसैविच नेकपा एमाले देवघाट गाउँपालिका कमिटिले देवघाट गाउँपालिकाले लगाएको ढुङ्गा, गिट्टी बालुवा जस्ता नदीजन्य सामग्रीको ठेक्का प्रक्रियाको प्राविधिक प्रतिबेदन तथा ठेक्का सम्झौता सार्वजानिक गर्न माग गरेको छ ।

एमाले देवघाट गाउँ कमिटिका अध्यक्ष केशवचन्द्र न्यौपानेले विहिबार प्रेस विज्ञप्ति प्रकाशित गरि सर्वाेच्च अदालतले रोक लगाएको कालिगन्डकी नदीबाट अबैधरुपमा नदीजज्य सामाग्रीको दोहन भएको तथा अन्य खोला तथा नदीहरुमा पनि सम्झौता भएको परिमाण भन्दा धेरै परिमाणमा नदीजन्य सामाग्रीको उत्खनन भईरहेको जनाएको छ ।

यस्तो विषय देवघाटबासी तथा आम सन्चार माध्यममा पनि सार्वजानिक भएको भन्दै न्यौपानेले यस विषयमा उठेका सम्पुर्ण विषयलाई सम्बोधन गर्न र आम जनतालाई यसबारेमा प्रष्ट पार्न नदीजन्य सामाग्रीको उत्खनन सम्बन्धी ठेक्का सम्झौताको प्राविधिक प्रतिबेदन सार्वजानिक गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन

तनहुँ । असार १५ आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय

‘श्वेतशार्दुल’ का लेखक राईलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ प्रदान

काठमाडौं । असार १४ मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा

उर्जामन्त्री श्रेष्ठले गरे कालिका कालीगण्डकी जलविद्युत आयोजनाको निरिक्षण

देवघाट । असार १३ उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले देवघाट गाउँपालिका–५ को साँढेबगरमा निर्माणाधिन

समाजसेवी देवकोटाद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

विष्णु मगर । देवघाट, असार १३ काठमाडौं निवासी व्यवसायी तथा समाजसेवी सुष्मा देवकोटाले देवघाट गाउँपालिका–४