सामुदायिक वन महासंघको अध्यक्षमा विष्णुकुमार श्रेष्ठ

Devghat Online

शेयर गरौ

दमौली, बैशाख १६

सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ तनहुँको अध्यक्षमा विष्णुकुमार श्रेष्ठ चयन भएका छन् । महासंघको शनिबार दमौलीमा सम्पन्न छैठौं अधिवशेनले म्याग्देका श्रेष्ठको अध्यक्षतामा २१ सदस्यिय कार्य समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा घिरिङका रामप्रसाद श्रेष्ठ, सचिवमा व्यासकी मन्जु अधिकारी र कोषाध्यक्षमा म्याग्देकी हुमादेवी रानाभाट चयन भएका छन् ।

यसैगरि सदस्यहरुमा देवघाटबाट भोजराज नैनावस्ती र मिनमाया गुरुङ, आवुँखैरेनीबाट चुनाराम गुरुङ र इन्द्रकुमारी थापा, व्यासबाट प्रेम पौडेल र हेमकुमारी आले, भानुबाट देवु विष्ट र सागर अधिकारी, घिरिंङबाट निर्मला नेपाली, भिमाद बिजयकुमार थापा, बालकुमारी थापा, बन्दिपुरबाट बामदेव भट्टराई र राधा भट्टराई, शुक्लागन्डकीबाट धर्मप्रकाश तिमिल्सेना र विष्णुमाया ढकाल लम्साल, रिसिङबाट विमलराज दरै तथा म्याग्देबाट सुभद्रा घिमिरे चयन भएका छन् ।

महासंघका जिल्ला अध्यक्ष कृष्णप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न सो अधिवेशनको सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सचिवालय सदस्य डोलकुमारी सापकोटा, महासंघका केन्द्रिय सदस्य मुक्ति तिमिल्सेना, महासंघ गन्डकी प्रदेशका महासचिव रत्ना घिमिरे, प्रदेश सचिवालय सदस्य केशवचन्द्र न्यौपाने, मिना अधिकारी र बिन्दु बस्नेत लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन

तनहुँ । असार १५ आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय

‘श्वेतशार्दुल’ का लेखक राईलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ प्रदान

काठमाडौं । असार १४ मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा

उर्जामन्त्री श्रेष्ठले गरे कालिका कालीगण्डकी जलविद्युत आयोजनाको निरिक्षण

देवघाट । असार १३ उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले देवघाट गाउँपालिका–५ को साँढेबगरमा निर्माणाधिन

समाजसेवी देवकोटाद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

विष्णु मगर । देवघाट, असार १३ काठमाडौं निवासी व्यवसायी तथा समाजसेवी सुष्मा देवकोटाले देवघाट गाउँपालिका–४