१७ वैशाख, काठमाडौं
भरतपुर महानगरपालिका१ घर भई हाल वीर अस्पतालमा कार्यरत २९ वर्षकी नर्स अनुमा श्रेष्ठ बालाजुमा मृत अवस्थामा भेटिएकी छन् ।
श्रेष्ठ बालाजुस्थित डा. सुजन ढकालको कोठामा मृत अवस्थामा भेटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । काठमाडौं प्रहरी परिसरको टोली घटनास्थल पुगेको छ ।
नर्स श्रेष्ठ झुण्डिएको अवस्थामा फेला परेको ,कोठामा ‘सुसाइड नोट’ पनि भेटिएको प्रहरीले जनाएको छ । थप विवरण भने आउन बाँकी छ ।