आवुँखैरेनीमा पढ्दै र कमाउँदै परियोजनाः विद्यार्थीहरु अदुवा र हलेदो खेतीमा

Devghat Online

शेयर गरौ

आवुँखैरेनी, बैशाख १७

आवुँखैरेनी गाउँपालिकाले विद्यार्थीहरुकोलागि पढ्दै र कमाउँदै भन्ने परियोजना सुरु गरेको छ । विद्यार्थीहरुलाइ आत्मनिर्भर बनाउनु पर्छ तथा सकिन्छ भन्ने दृढ इच्छाशक्तिका साथ शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी सिपयुक्त एवम् स्वावलम्बी नागरिक उत्पादन गर्ने मुख्य लक्ष्यसहित पढ्दै कमाउदै कार्यक्रम सुरु गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।

विद्यालयस्तरका बालबालिकाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले सन्चालित उक्त परियोजना अन्तर्गत वडा नम्बर ४ स्थित चण्डेश्वरी आधारभुत विद्यालय आमडाँडावेशिको आयोजनामा अदुवा तथा हलेदो रोपिएको छ ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको विशेष उपस्थितिमा वडा नम्बर ४ का अध्यक्ष मिलन भुजेल, गाउँपालिकाका कृषि बिकास शाखाका कर्मचारीहरु, विद्यालय व्यवस्थापन समितीका सदस्यहरु, शिक्षक विद्यार्थीहरुको उत्साह जनक उपस्थितिमा अदुवा र हलेदो खेती गर्ने कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा करीब २ रोपनी जग्गामा १७५ केजि अदुवा र १६५ केजि हलेदो रोपिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को