सडक सुरक्षित र विश्वासिलो बनाउन सांसद वाग्लेद्वारा ध्यानाकर्षण

Devghat Online

शेयर गरौ

दमौली, बैशाख २०

तनहुँ क्षेत्र नम्बर १ का सांसद स्वर्णिम वाग्लेले सडक सुरक्षित र विश्वासिलो बनाउन सम्बन्धित निकाय गम्भिर बन्नु पर्ने बताएका छन् । तनहुँको आवुँखैरेनी–५ आँधिखोलामा बुधबार भएको ट्रक दुर्घटनामा ३ को मृत्यु र ५ जना घाईते भएपछि सामाजिक सन्जालमा धारणा राख्दै सांसद वाग्लेले वर्षायाम सुरु हुनै लाग्दा हाम्रा सडकहरुलाई थप सुरक्षित कसरी बनाउने भन्ने विषयमा सरकारका सम्बन्धित निकायहरुले आजैबाट विपद्पूर्वको तयारी थाल्नु पर्ने बताएका छन् ।

सडक सुरक्षा मापदण्डको पूर्ण पालना, विपद् न्यूनीकरणको लागि पूर्वतयारी र सडक स्तरोन्नति लगायतका विषयमा सम्बन्धित सबै पक्षको ध्यानाकर्षण हुन आवश्यक भएको भन्दै वाग्लेले नेपाल प्रहरी सहित सरकारी निकायहरु, जनप्रतिनिधि र नागरिक सबैले मिलेर काम गर्ने हो भने हामीले हाम्रा सडकहरुलाई सुरक्षित र विश्वासिलो बनाउन सक्ने बताएका छन् । यसले नै सडक दुर्घटनामा ज्यान गुमाएका हजारौं नागरिकप्रति सच्चा श्रद्धाञ्जली हुने भन्दै यस कार्यमा लाग्न सबै जिम्मेवार पक्षलाई सांसद वाग्लेले आव्ह्वान गरेका छन् ।

नेपालमा सडक दुर्घटनाबाट मृत्यु दर दक्षिण एसियाली दाँजोमै उच्च हुँदै गएको तथ्यांक पेश गर्दै सांसद वाग्लेले गत वर्ष २४,५२६ वटा सडक दुर्घटनामा २८८३ जनाको मृत्यु, ७२८२ जना गम्भीर घाइते र २५,७२२ जना सामान्य घाइते भएको जनाएका छन् । बढ्दो सडक दुर्घटनाबाट तनहुँको नवनिर्वाचित सांसदको हैसियतमा जति दुःखी छु, त्यति नै चिन्तित देशको सडकको दुरावस्था र बढ्दो सडक दुर्घटनाहरुबाट भएको यनले जनाएका छन् । नागरिकको जीवनको रक्षा सरकारको पहिलो दायित्व र कर्तव्य भन्दै उनले सडक सुरक्षाको सन्दर्भमा यसअघि भएका अध्ययन प्रतिवेदनहरुको कार्यान्वयन र सडक सुरक्षा मापदण्डको पालनाको लागि तत्काल पहल गर्न आवश्यक रहेको स्मरण गराएका छन् ।

यस अतिरिक्त सरकारले सडक दुर्घटनामा परी मृत्यु भएका परिवारलाई प्रदान गरिने बीमा रकम प्राप्तिको प्रक्रिया सरलीकृत गर्दै पीडामा परेका परिवारजनलाई थप सास्ती नदिने उपायहरु खोज्न पनि आवश्यक भएको सांसद वाग्लेको भनाई छ । सडक दुर्घटनामा घाइते भएकाहरुलाई बेवास्ता गरिँदा सयौं नागरिक अङ्गभङ्ग भई उपेक्षित जीवनयापन गर्न बाध्य भएको सबैले महसुस गरेकै विषय भन्दै वाग्लेले सामाजिक सुरक्षा प्रत्याभूत गर्ने दायित्वबाट राज्य भाग्न नमिल्ने कुरालाई हामी सबैले मनन गर्नु पर्ने बताएका छन् । सांसद वाग्लेले दुर्घटनामा निधन भएका प्रति श्रद्धान्जली तथा आफन्त गुमाएका परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

राष्ट्रिय सभामा सरकारले ल्याएको बजेटका प्रावधान संशोधन हुने भएपछि बैठक नै स्थगित, चार दलको आपत्ती

काठमाडौं, असार २७ सरकारको तर्फबाट राष्ट्रिय सभाको विहिबारको बैठक स्थगित गरिएको छ । ठूलो रकम