वडा अध्यक्षको तलब भत्ताले आमा समुहलाई कुर्सी

Devghat Online

शेयर गरौ

विष्णु पाण्डे
देवघाट, बैशाख २२

देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवरले आफ्नो तलब भत्ताबाट आमा समुहलाई कुर्सी, तथा बालिका आश्रममा सेनेटरी प्याड उपलब्ध गराएका छन् ।

वडा अध्यक्ष कुँवरले आफ्नो तलब भत्ता वापतको रकमले वडा नम्बर ५ बुद्धचोकमा रहेको स्वर्णिम आमा समहुलाइ २० थान कुर्सी तथा सोही वडाको इन्द्रेणी आमा समुहलाई २० थान कुर्सी उपलब्ध गराएका छन् । साथै कुँवरले देवघाट–५ मै रहेको बैदिक गुरुकुल बालिका आश्रममा रहेका बालिकाहरुको लागि २४० पिस सेनेटरि प्याड, ज्यामेट्रीबक्स तथा विभिन्न स्टेशनरीका सामाग्री उपलब्ध गराए ।

 

स्वर्णिम आमा समुहकी अध्यक्ष पुर्णकला वाग्लेको अध्यक्षतामा आयोजित कुर्सी हस्तान्तरण कार्यक्रममा यामबहादुर थापा, इन्द्रेणी आमा समुहकी अध्यक्ष भागीशरा थापा, देउपुर गाउँसुधार समितीका अध्यक्ष सुकु गुरुङ, समितिका सचिव टीका राना, देवघाट महिला सन्जालकी अध्यक्ष राधा खनाल, बराहा प्राबिका ब्यबस्थापन समितिका अध्यक्ष टेक राज सापकोटा तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

वडा अध्यक्ष कुवरले आफ्नो तलब भत्ता बापतको रकमले प्रत्येक महिना देवघाट–५ का विभिन्न संघ संस्थालाई सहयोग गर्दै आएका छन् । सो अवसरमा वडा अध्यक्ष कुँवरले विभिन्न संघ संस्थालाई यसरी सहयोग गर्न पाउँदा आफुलाई निकै खुसी लाग्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले